Press Release

परिसंघका पदाधिकारी र राजदूत भेरोनीका कोडि बीच भेटवार्ता

12th December, 2017
नेपालको व्यवसाय प्रवद्र्धनमा समेत युरोपियन युनियनको सहयोग हुने ।
नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनीका कोडिले नेपालको समुचित आर्थिक विकासका साथसाथै व्यवसाय प्रवद्र्धनको लागि युरोपियन युनियनको तर्फबाट निरन्तर सहयोग हुने विश्वास व्यक्त गरेकी छिन् ।
नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग परिसंघको सचिवायमा मंसिर २६ गते भएको भेटवार्ताको क्रममा राजदूत कोडिले उक्त विचार व्यक्त गरेकी हुन् ।
Read more

राजनीतिक संक्रमणकालको अन्त्य र आर्थिक विकासको नयाँ युग सुरु

8th December, 2017

विगत दुई दशक देखिको राजनैतिक संक्रमणकालको अन्त्यगर्दै  नयाँ नेपालको संविधान २०७२ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । संविधानको कार्यान्वयनको सन्दर्भमा शान्तिपूर्ण वातावरणमा यो निर्वाचन सम्पन्न भएकोमा नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ नेपाल सरकार, निर्वाचन आयोग, सबै राजनीतिक दलहरु तथा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छ ।

Read more

“नेपाल बिजनेश एक्सिलेन्स अवार्ड २०१७” सम्पन्न

14th November, 2017

नवीन दृष्टिीकोण सहित नीतिगत बहस र सृजनात्मक गतिविधि गर्न रुचाउने नेपाल उद्योग परिसंघले मंगलबार राजधानीमा “नेपाल विजनेश एक्सिलेन्स अवार्ड, २०१७” को आयोजना गर्‍यो । 

Read more

“नेपाल बिजिनेश एक्सिलेन्स एवार्ड २०१७” को घोषणा हुने

9th November, 2017

नेपाल उद्योग परिसंघले अन्तर्राष्टिय स्तरको आर्थिक एवं प्राविधिक क्षेत्रको परामर्शदाता संस्था “फ्रस्ट एण्ड सुलिभान” सँगको साझेदारीमा कार्तिक २८ गते “नेपाल बिजनेश एक्सिलेन्स एवार्ड, २०१७” को आयोजना गरिने भएको छ । नेपालका उद्योग व्यवसायले आफ्नो व्यवसाय सञ्चालन गर्दा लागत न्यूनीकरण, गुणस्तर सुधार, उपभोक्ताको सन्तुष्टी, जनस्वास्थ्य र प्रतिस्पर्धात्मक क्षमता बढाउन निर्वाह गरेको भूमिकाको आधारमा उत्कृष्ट ठहरिएका व्यवसायिक संस्थालाई सन् २०१७ का लागि नेपाल बिजिनेश एक्सिलेन्सी एवार्ड प्रदान गरिने छ ।नेपाल उद्योग परिसंघले अन्तर्राष्टिय स्तरको आर्थिक एवं प्राविधिक क्षेत्रको परामर्शदाता संस्था “फ्रस्ट एण्ड सुलिभान” सँगको साझेदारीमा कार्तिक २८ गते “नेपाल बिजनेश एक्सिलेन्स एवार्ड, २०१७” को आयोजना गरिने भएको छ । नेपालका उद्योग व्यवसायले आफ्नो व्यवसाय सञ्चालन गर्दा लागत न्यूनीकरण, गुणस्तर सुधार, उपभोक्ताको सन्तुष्टी, जनस्वास्थ्य र प्रतिस्पर्धात्मक क्षमता बढाउन निर्वाह गरेको भूमिकाको आधारमा उत्कृष्ट ठहरिएका व्यवसायिक संस्थालाई सन् २०१७ का लागि नेपाल बिजिनेश एक्सिलेन्सी एवार्ड प्रदान गरिने छ ।

Read more