Press Release

संघीय संरचना अनुसार पोखरामा परिसंघको उपस्थीति

4th December, 2016

नेपाल उद्योग परिसंघले प्रदेश नंवर ४ को प्रशासनिक तथा आर्थिक केन्द्र पोखरामा आफ्नो सञ्जाल विस्तार गरेको छ । पोखरा र आसपासका क्षेत्रमा सञ्चालित उद्योगहरुको संगठन पोखरा उद्योग संघलाई परिसंघको संस्थागत सदस्यता प्रदान गरेर समग्र ४ नंवर प्रदेशका उत्पादनमुलक तथा सेवा उद्योगहरुको प्रतिनिधि संस्थाका रुपमा विकास गर्ने उद्देश्यसहित सञ्जाल विस्तार गरिएको हो ।

Read more

सार्वजनिक निजी साझेदारी विषयक कार्यशाला गोष्ठी सम्पन्न

18th November, 2016

सार्वजनिक निजी साझेदारी नीति बनेको लामो समयसम्म पनि यसको कार्यान्वयनका लागि आवश्यक ऐन तथा नियमावली नबनेकोमा सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् । ऐन तथा नियमावली बन्न ढिलो हुँदा नीतिले परिकल्पना गरेका विषय नै असान्दर्भिक हुने भन्दै पीपीपी ऐन र नियमावली जतिसक्दो छिटो निर्माण गर्न उनीहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

Read more

पुननिर्माणमा सरकार र निजी क्षेत्रको सामुहिक प्रयासको खाँचो

17th November, 2016

आपूर्ति मन्त्री दीपक बोहोराले गत वर्षको विनासकारी भुकम्पपछिको पुनःनिर्माणलाई अपेक्षित रुपमा अघि बढाउन र पिडितलाई छिटो राहतको महसुश गराउन सरकारले विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गर्नु पर्ने बताए । मंसिर २ गते बिहीबार ......

Read more

प्रतिबन्धित भा.रु. नोटले सृजित अन्यौल चाँडै हटाउन आवश्यक

15th November, 2016

हाल नेपालको बैँकिङ्ग प्रणलीमा ३ करोड ३२ लाख भा.रु. पाँच सय र हजार दरका नोटहरु रहेको र त्यसको सटहीका लागि नेपाल राष्ट्र बैँकले रिजर्भ बैँक अफ इण्डियासँग पत्राचार गरेको बुझिएको छ । तर कानूनसम्मत आर्थिक क्रियाकलाप गर्ने सन्दर्भमा पाँच सय र हजार दरका भा.रु. नोट धारण गर्ने व्यापारी, उद्योगी र जनसाधरणसँग रहेको भा.रु. नोट सटहीको व्यवस्था मिलाउने सन्दर्भमा सरकारी निकायबाट ठोस कदम चाल्नु आवश्यक देखिन्छ ।

Read more