Press Release

उद्योग मन्त्री मा. नविन्द्रराज जोशीसँग परिसंघ पदाधिकारीको शिष्टाचार भेट

4th September, 2016

नवनियुक्त उद्योग मन्त्री माननीय नविन्द्रराज जोशीसँग नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले आइतवार शिष्टाचार भेट गर्‍यो । माननीय मन्त्रीज्यूको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा परिसंघका निवर्तमान अध्यक्ष नरेन्द्र कुमार बस्न्यातका साथै उपाध्यक्षहरु र गभर्निङ काउन्सिल सदस्यहरुको सहभागीता थियो ।

Read more

स्लोभेनीयाली राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता

30th August, 2016

नेपालका लागि स्लोभेनीयाका राजदुत जोसेफ ड्रोफेनिक को नेतृत्वमा आएको एक प्रतिनिधि मण्डल र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मङगलवार परिसंघ सचिवालयमा भेटवार्ता भयो ।

Read more

विशेष आर्थिक क्षेत्र (सेज) ऐन उद्योग क्षेत्रमा सकारात्मक सन्देश

30th August, 2016


लामो समयको प्रतिक्षा पछि व्यवस्थापिका संसदबाट विशेष आर्थिक क्षेत्र (सेज) ऐन पारित भएको छ । सेजको स्थापना, सञ्चालन र व्यवस्थापनको कानुनी आधार बनाउने मुख्य उद्देश्यले निजी क्षेत्रको आग्रहमा ढीलै भएपनि आएको उक्त ऐनले उद्योग क्षेत्र स्थापनामा नयाँ सञ्चार र उत्साह पैदा भएको नेपाल उद्योग परिसंघले महशूस गरेको छ । यस ऐनको व्यवस्थाबाट विशेष आर्थिक क्षेत्र (सेज) स्थापनामा नयाँ बाटो खोलेको छ भने यसले उद्योग लगानीका क्षेत्रमा सकारात्मक सन्देश गएको र आर्थिक विकासको लागि महत्वपूर्ण थालनी भएको विश्वास पनि परिसंघले लिएको छ ।

Read more

अर्थमन्त्री तथा उद्योग परिसंघका पदाधिकारी बीच भेटवार्ता

7th August, 2016

नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले मन्त्रालयको कार्यकक्षमा भेटगरी बधाइ ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्‍यो ।

Read more