Press Release

औद्योगिक व्यवसाय ऐनले लगानीकर्ताको मनोबल वृद्धि

3rd October, 2016


करिब २५ वर्षपछि व्यवस्थापिका संसदबाट नयाँ औद्योगिक व्यवसाय ऐन पारित भएको छ । मुलुकको आर्थिक उन्नती र आम नागरिकको जिविकोपार्जनका लागि अपरिहार्य उद्योग तथा व्यवशायको स्थापना, सञ्चालन र आवश्यकता अनुसार वहिर्गमनलाई सहज र सरलिकरणका कानुनी आधार तय गर्ने यस ऐनले निजी क्षेत्रमा नयाँ सञ्चार र उत्साह पैदा गराएको नेपाल उद्योग परिसंघले महशूस गरेको छ ।

Read more

तीन दिवसीय व्यवस्थापन विकास कार्यक्रम

23rd September, 2016

आर्थिक विकासको मेरुदण्ड औद्योगिकरण भएकोले निजी क्षेत्रको प्रवर्दनमार्फत औद्योगिक क्षेत्रमा लगानी विस्तारका लागि आवश्यक नीतिगत सुधार र जिल्लातहसम्म औद्योगिक वातावरण तयार गर्न सरकार गम्भीर ढंगले क्रियाशील रहेको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । नेपाल उद्योग परिसघ स्थापित “सेन्टर फर इण्डष्ट्रियल एक्सिलेन्स” (CNI-CIE) द्वारा असोज ७ देखि ९ गतेसम्म आयोजित तीन दिवसीय व्यवस्थापन विकास कार्यक्रम (Management Development Program-MDP) को उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले उक्त कुरा बताएका हुन ।

Read more

प्रधानमन्त्रीको भातर भ्रमणमा परिसंघको प्रतिनिधि मण्डल सम्मिलित

15th September, 2016

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोलीमा परिसंघको प्रतिनिधि मण्डल समेत सम्मिलित भएको छ । प्रतिनिधि मण्डलले भ्रमण टोलीको सदस्यका हैसियतले दुई मुलुक विच व्यापार तथा लगानी अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न औपचारिक एवं अनौपचारिक छलफल, गोष्ठि, अवलोकन भ्रमणमा भाग लिने छ ।

Read more

उद्योग मन्त्री मा. नविन्द्रराज जोशीसँग परिसंघ पदाधिकारीको शिष्टाचार भेट

4th September, 2016

नवनियुक्त उद्योग मन्त्री माननीय नविन्द्रराज जोशीसँग नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले आइतवार शिष्टाचार भेट गर्‍यो । माननीय मन्त्रीज्यूको कार्यकक्ष सिंहदरवारमा भएको भेटमा परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा परिसंघका निवर्तमान अध्यक्ष नरेन्द्र कुमार बस्न्यातका साथै उपाध्यक्षहरु र गभर्निङ काउन्सिल सदस्यहरुको सहभागीता थियो ।

Read more