Press Release

परिसंघबाट बेइजिङ्गमा स्वागत समारोहको आयोजना

22nd March, 2016

प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणको दोस्रो दिन चैत्र ८ गते नेपाल उद्योग परिसंघले चिनिया उद्यमीहरुको साथै प्रधानमन्त्रीका साथमा रहेको सरकारी र निजी क्षेत्रका प्रतिनिधि मण्डलका सदस्यहरुको साथै चिनिया उद्यमीहरुको सम्मानमा बेइजिङ्गमा एक स्वागत समारोहको आयोजना गर्‍यो ।

Read more

व्रिटेन नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधि द्वारा परिसंघका पदाधिकारीहरु सँग भेटवार्ता

16th March, 2016

व्रिटेन नेपाल चेम्बर अफ कमर्सको १२ सदस्यीय औद्योगिक एवं व्यापारिक प्रतिनिधि मण्डलले परिसंघका पदाधिकारीहरुसँग चैत्र २ गते परिसंघको सचिवालयमा भेट गरी नेपालमा जलविद्युत, शिक्षा, पर्यटन, पूर्वाधार आदि क्षेत्रमा लगानी गर्न प्रतिनिधि मण्डलका सदस्य उत्सुक रहेको बताए ।

Read more

महासंघ, परिसंघ र चेम्वर लगायत अन्य सम्बन्धित संघ संस्थाको संयुक्त प्रेस विज्ञप्ति

5th March, 2016

विगत केही समयदेखि उद्यमी व्यवसायीहरु माथि वस्तुको विक्री मुल्यका नाउमा श्रृंखलावद्धरुपमा भएका धरपकडका घटना, हिजैमात्र लोमस फर्मास्यूटिकल्स प्रा.लि र देउराली जनता फर्मास्यूटिकल्स प्रा.लिका व्यवस्थापनमा रहेका केही व्यक्तिहरुलाई औषधिको मुल्य नघटाएको नाउंमा धरपकड भएको छ । यो घटनाले निजी क्षेत्रमा त्रास उत्पन्न भएको छ । उद्यमी व्यवसायीहरुको मनोवल गिरेको छ । ....

Read more

नेपाल उद्योग परिसंघको १३ औं वार्षिक साधारण सभा सम्पन्न

4th March, 2016

अध्यक्ष, उपाध्यक्ष एवं राष्ट्रिय परिषदका सदस्य निर्विरोध निर्वाचित

नेपाल उद्योग परिसंघको फागुन २० गते सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा वलि द्वारा समुद्घाटन भई प्रारम्भ भएको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातको अध्यक्षतामा भएको उक्त साधारण सभाले विभिन्न प्रस्तावहरु परित गर्दै आगामी ३ वर्षको लागि अध्यक्ष, उपाध्यक्ष एवं राष्ट्रिय परिषदका सदस्यहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

Read more