Press Release

स्लोभेनियाका राजदूत र परिसंघ पदाधिकारी भेटवार्ता

23rd July, 2015

नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार वस्न्यातले नेपालको सामाजिक आर्थिक क्षेत्रको विकासका साथै लगानी वढाउने कार्यमा समेत सहयोग गर्न स्लोभेनियाका राजदुतलाई आग्रह गरेका छन । आज श्रावण ७ गते नेपालका लागी स्लोभेनियाका राजदुत डारजा वावडज कुरेत (Darja Bavdaž - Kuret ) र परिसंघका पदाधिकारी विच भएको भेटवार्ताका अवसरमा उक्त आग्रह गरेका हुन । भेटका अवसरमा नेपाल र स्लोभेनिया विचको आर्थिक एंव सामाजिक सम्बन्ध विस्तारको विषयमा छलफल भएको थियो ।

Read more

परिसंघ द्वारा महासंघका नव निर्वाचित अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षलाई बधाई

23rd July, 2015
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको समुन्नत आर्थिक विकास र निजी क्षेत्रको वृहत हितका लािग नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ एक आपसमा मिलेर जानु पर्ने कुरामा जोड दिएका छन् ।
उक्त कुरा अध्यक्ष मुरारकाले नेपाल उद्योग परिसंघले श्रावण ६ गते परिसंघको सचिवालयमा आयोजना गरेको महासंघका नव निर्वाचित अध्यक्ष एवं वरिष्ठ उपाध्यक्षको बधाई एवं भेटघाट कार्यक्रमको अवसरमा व्यक्त गरेका हुन । सो अवसरमा उनले भने महासंघ र परिसंघ वीच कुनै प्रतिद्वन्दीता छैन र विचारधारा पनि फरक छैन, यी दुवै संस्था वीचको सोचमा पनि फरक छैन । दुवै संस्थाको अर्थतन्त्रको बाटो र गन्तब्य एउटै भएकोले दुवै संस्था वीच क्रमिक रुपमा सहकार्य गरि अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिए ।
Read more

संविधानमा पूर्ण आर्थिक स्वतन्त्रताको सुनिश्चितता हुनु पर्दछ – नेपाल उद्योग परिसंघ

21st July, 2015

संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले २००७ साल पछि जनताको मर्म अनुसारको संविधान तयार होस भनि पहिलो पटक जनताको विच संविधानको मस्यौदा प्रस्तुत गरिएको र हाल राय सुझावहरु उत्साहपूर्ण रुपमा प्राप्त भईरहेको समयमा परिसंघको सुझाव पनि संविधान निर्माणको प्रकृयामा प्राप्त भएकोले सम्बन्धित समितिमा पु¥याउने, प्राप्त सझावहरुलाई संविधानमा समावेश गर्न यथासक्य प्रयास गर्ने दृढता व्यक्त गरेका छन् ।

Read more

आ.व. २०७२/७३ को बजेट सम्बन्धी धारणा

16th July, 2015

अर्थमन्त्री डा. रामशरण महतले आर्थिक बर्ष २०७२/७३ को लागि कुल रु. ८ खरब १९ अरब ४८ करोडको बजेट प्रस्तुत गर्नु भएको छ । गत आ.व. २०७१/७२ भन्दा करिब ३२ प्रतिशत बढीको यो बजेट शताब्दीकै ठूलो र विनाशकारी भुकम्पको विपत्ति पछिको पहिलो हो । भूकम्पको प्रभावबाट सिर्जना भएको आर्थिक शिथिलताबाट विचलित नभई विपदसँग जुध्न सक्ने क्षमता बृद्धिका साथै राष्ट्रिय श्रोत र साधनलाई पुनरुत्थान र पुननिर्माणमा केन्द्रीत, आम जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने, सरकारी संयन्त्रको क्षमता बृद्धि गर्ने र आर्थिक कार्यक्रमको निरन्तरता, लगानी मैत्री वातावरणको निर्माण, आर्थिक कृयाकलापको विस्तार र रोजगारी वृद्धि आदि उद्देश्य लिई प्रस्तुत भएको बजेटलाई नेपाल उद्योग परिसंघले बर्तमान अवस्थामा आएका चुनौतीहरूलाई सामना गर्नुपर्ने  बजेटको रुपमा लिएको छ ।

Read more