Press Release

महाभूकम्पमा पिडितहरुको सहयोगका लागि परिसंघको अपिल

28th April, 2015

यही २०७२ वैशाख १२ गतेको महाभूकम्पबाट हुन गएको ठूलो जनधन, ऐतिहासिक तथा पुरातात्विक संरचनाको क्षति प्रति नेपाल उद्योग परिसंघ गहिरो समवेदना सहित दुखः प्रकट गर्दछ । यस दुखद घडिमा हामी सवैले आ आफ्नो तर्फबाट पिडितहरुको सहयोगार्थ सक्दो सहयोग गर्नु मानविय कर्तब्य भएको पृष्ठभूमिमा पिडितहरुको सहयोगार्थ नेपाल उद्योग परिसंघ तथा परिसंघवाट स्थापित नागरिक राहत कोषबाट राहत संकलन कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको छ ।

Read more

विकास साझेदारीका कारण हाम्रो जोखिम मोल्ने संस्कृतिमा ह्रास

19th April, 2015

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले भनेका छन्– विकास साझेदारहरु (Development Partners) विशेषतः अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु (INGOs) को कारण हामी नेपालीमा जोखिम मोलेर काम गर्ने संस्कार वा संस्कृतिमा ह्रास आएको हुँदा विकास आयोजनामा समेत यसको प्रतिकूल असर परेको छ ।

Read more

नेपाल बन्द फिर्ता लिन नेपाल उद्योग परिसंघको आव्हान

7th April, 2015
राजनीतिक गतिरोधलाई नलम्ब्याई राजनीतिक सहमतिबाट होस वा प्रजातान्त्रिक विधिबाट होस सवैको हक अधिकार सुनिश्चित हुने खालको सम्बिधान जारी गर्ने कार्यलाई सम्बैधानिक माध्यमबाट अविलम्ब अघि बढाई बन्द, हडताल जस्ता गतिविधि पुर्णतया बन्द गर्न नेपालको निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघले सम्बन्धित सवैमा वारम्बार आग्रह गर्दै आएको हो ।
Read more

गभर्नरसंग परिसंघको प्रतिनिधि मण्डलद्वारा भेटघाटः

30th March, 2015

नेपाल राष्ट्र वैंकका नवनियुक्त गभर्नर डा. चिरन्जिवी नेपालले भनेका छन् राष्ट्र वैंकको गरिमा र महत्वलाई उच्च राख्दै निजी क्षेत्रको लगानी र लगानी कर्तालाई उद्योग व्यवसाय गर्न सहज र सरल किसिमको वातावरण श्रृजना एवं वित्तिय व्यवस्थापन गर्नु गराउनु, आफ्नो प्रमुख उद्देश्य हो ।

Read more