Press Release

साना निकासी कर्तालाई नगद प्रोत्साहन नपाएको गुनासो

1st March, 2015

नेपाली उत्पादनलाई अन्तराष्ट्रिय वजारमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघबाट आयोजित कार्यशाला गोष्ठि आज काठमाण्डौमा सम्पन्न भयो ।

Read more

बौद्धिक सम्पत्तिको अधिकार र संरक्षणमा जोड

1st March, 2015

आर्थिक विकासमा वौद्धिक सम्पत्तिको भूमिका विषयको तीन दिने राष्ट्रिय गोष्ठि आज देखि काठमाण्डौमा प्रारम्भ भयो ।उद्योग मन्त्रालय, नेपाल उद्योग परिसंघ र विश्व वौद्धिक सम्पत्ति संरक्षण संघको (WIPO) संयुक्त आयोजनामा प्रारम्भ भएको उक्त गोष्ठिको अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकर प्रसाद कोइरालाले आज एक विशेष समारोहका विच उद्घाटन गर्नु भयो ।

Read more

डेनिस राजदूत र परिसंघ पदाधिकारीविच भेटवार्ताः

1st March, 2015

नेपाल उद्योग परिसंघका अध्यक्ष श्री नरेन्द्र कुमार वस्न्यातले नेपालको सामाजिक आर्थिक क्षेत्रको विकासका साथै लगानी वढाउने कार्यमा समेत सहयोग गर्न डेनमार्कका राजदुतलाई आग्रह गर्नुभएको छ । आज मंसिर १३ गते नेपालका लागी डेनमार्कका राजदुत क्रिष्टिन गेलेन (Kristen Geelan) र परिसंघका पदाधिकारी विच भएको भेटवार्ताका अवसरमा उक्त आग्रह गर्नु भएको हो ।

Read more

दोश्रो संम्बिधान सभाको निर्वाचन महत्वपूर्ण उपलब्धिः

1st March, 2015

विभिन्न आशंका, वन्द, एवं भयका बाबजुद सम्विधान सभाको दोश्रो निर्वाचन शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । नेपाली जनताको अपेक्षा अनुसार  शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न निर्वाचनमा ठूलो संख्यामा मत खस्न गएवाट जनताले दिगोशान्ती, सम्विधान निर्माण,  आर्थिक संबृद्धि र सवल  लोकतन्त्रको बिकासको लागि आफ्नो अभिमत दिएको र नेपाल उद्योग परिसंघले यस उत्साहपूर्ण जनमतलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।

Read more