इजरायली राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता
इजरायली राजदुत यारोन मायेरको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डल र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मङ्गलबार परिसंघ सचिवालयमा भेटवार्ता भयो ।
Read more“परिसंघमा परिचर्चा”को पहिलो श्रृंखला सम्पन्न
जेठ ३० गते नेपाल उद्योग परिसंघको सचिवालयमा आपूर्ति मन्त्री माननीय गणेशमान पुन तथा आपूर्ति सचिव श्री श्रीधर सापकोटाको उपस्थितिमा नेपाल उद्योग परिसंघको सचिवालयमा आपूर्ति व्यवस्थापनका समसामयिक विषयमा छलफल भयो । परिसंघले सुरुवात गरेको नयाँ कार्यक्रम “परिसंघमा परिचर्चा”को पहिलो श्रृंखला अन्तरगत सो छलफलको आयोजना गरिएको हो ।
Read moreआ.व. २०७३/७४ को बजेटका विषयमा परिसंघको प्रतिकृया
माननीय अर्थमन्त्री विष्णु पौडेलले जेठ १५, २०७३ मा प्रस्तुत् गर्नु भएको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रम कार्यान्वयन गर्नका लागि आय–व्ययको अनुमानित विवरण (बजेट) मा सुन्दा लोकप्रिय र विश्लेषण गर्दा महत्वाकांक्षी लाग्ने कार्यक्रम र सोही अनुरुपको अनुमानित खर्च विवरण यस बजेटका आकर्षण हुन् ।
Read moreअर्थमन्त्रीसंग परिसंघको पूर्व बजेट छलफल कार्यक्रम सम्पन्न
नेपाल उद्योग परिसंघ (CNI) का अध्यक्ष श्री हरिभक्त शर्माज्यूको नेतृत्वमा परिसंघको प्रतिनिधि मण्डलले आइतवार (बैशाख १२, २०७३) आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटका शन्दर्भमा निजी क्षेत्रको तर्फबाट सुझाव पेश गर्ने शिलशिलामा माननीय अर्थमन्त्री श्री विष्णु पौडेलज्यू लगायत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालयका साथै अन्य सरकारी निकायका विशिष्ठ श्रेणीका अधिकारीहरु संग छलफल गर्यो । उक्त छलफलमा अध्यक्ष शर्माले परिसंघको तर्फबाट निम्न विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
Read more