आ.व. २०७३/७४ को बजेटका विषयमा परिसंघको प्रतिकृया
माननीय अर्थमन्त्री विष्णु पौडेलले जेठ १५, २०७३ मा प्रस्तुत् गर्नु भएको आर्थिक वर्ष २०७३/७४ को वार्षिक कार्यक्रम कार्यान्वयन गर्नका लागि आय–व्ययको अनुमानित विवरण (बजेट) मा सुन्दा लोकप्रिय र विश्लेषण गर्दा महत्वाकांक्षी लाग्ने कार्यक्रम र सोही अनुरुपको अनुमानित खर्च विवरण यस बजेटका आकर्षण हुन् ।
Read moreअर्थमन्त्रीसंग परिसंघको पूर्व बजेट छलफल कार्यक्रम सम्पन्न
नेपाल उद्योग परिसंघ (CNI) का अध्यक्ष श्री हरिभक्त शर्माज्यूको नेतृत्वमा परिसंघको प्रतिनिधि मण्डलले आइतवार (बैशाख १२, २०७३) आगामी आर्थिक वर्ष २०७३/७४ को बजेटका शन्दर्भमा निजी क्षेत्रको तर्फबाट सुझाव पेश गर्ने शिलशिलामा माननीय अर्थमन्त्री श्री विष्णु पौडेलज्यू लगायत राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालयका साथै अन्य सरकारी निकायका विशिष्ठ श्रेणीका अधिकारीहरु संग छलफल गर्यो । उक्त छलफलमा अध्यक्ष शर्माले परिसंघको तर्फबाट निम्न विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
Read moreनव नियुक्त कन्सुलहरुसँग भेटघाट
मित्रराष्ट्र भारतको कलकत्ता र चीनको ल्हासा र हङ्गकङ्गका लागि नियुक्त भएका कन्सुल जनरल क्रमशः एक नारायण अर्याल, गोविन्द कार्की र कमल भट्राइसँग नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच चैत्र १८ गते परिसंघको सचिवालयमा भेटवार्ता एवं छलफल भएको छ ।
Read moreगैह्रकर अवरोध हटाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्ने
नेपालको निकासी व्यापार प्रवद्र्धनको साथै दक्षिण एसियाका मुलुकहरुको अन्तर व्यापार वृद्धि हुन नसक्नुका मुख्य कारणमा गैह्र कर अवरोध रहेको हुँदा वस्तु व्यापारको प्रवद्र्धनको लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक भएकोले यस कार्यमा नेपाल सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको विचार वाणिज्य, श्रम तथा रोजगार मन्त्री दीपक वोहराले वताएका छन् ।
Read more