Press Release

आपतकालिन अवस्थासँग जुध्न परिसंघले सरकारसँग सहकार्य गर्ने

22nd March, 2020

विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग तत्काल छलफल गर्ने भएको छ । 

Read more

पूँजी बजारको विकास तथा सुधारमा परिसंघ र धितोपत्र बोर्डले सहकार्य गर्ने

16th March, 2020

नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको प्रतिनिधित्व गर्ने संगठन भएकाले पूँजी बजारको विकास तथा सुधारका लागि परिसंघ तत्पर रहेको बताउनु भयो ।

Read more

परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु कुमार अग्रवाल

26th February, 2020

नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित हुन भएको छ । नेपाल उद्योग परिसंघको गभर्निङ्ग काउन्सिल र पदाधिकारी  समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उहाँलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो । वरिष्ठ उपाध्यक्षमा मनोनित विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा कार्यरत हुनुहुन्छ ।

Read more

परिसंघद्वारा अर्थ सचिवलाई बधाई तथा औद्योगिक क्षेत्रका समस्याबारे ध्यानाकर्षण

19th February, 2020

नेपाल उद्योग परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेको छ ।

Read more