बौद्धिक सम्पत्तिको अधिकार र संरक्षणमा जोड

काठमाण्डौ ।

आर्थिक विकासमा वौद्धिक सम्पत्तिको भूमिका विषयको तीन दिने राष्ट्रिय गोष्ठि आज देखि काठमाण्डौमा प्रारम्भ भयो ।

उद्योग मन्त्रालय, नेपाल उद्योग परिसंघ र विश्व वौद्धिक सम्पत्ति संरक्षण संघको (WIPO) संयुक्त आयोजनामा प्रारम्भ भएको उक्त गोष्ठिको अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकर प्रसाद कोइरालाले आज एक विशेष समारोहका विच उद्घाटन गर्नु भयो ।

सो अवसरमा उद्घाटन मन्तब्य दिनुहुदै मन्त्री कोइरालाले वैद्धिक सम्पत्ति संरक्षण सम्बन्धित सवै संघ संस्थाहरुको दायित्व भएको र यसमा विशेषतः उद्योग मन्त्रालयको थप दायित्व भएकोले यसमा मन्त्रालयले विभिन्न कार्यक्रम गरि यस क्षत्रलाई अघि वढाउन कार्यक्रम भैरहेको जानकारी दिनु भयो ।

उहाँले दुई दिन अघि मात्र इण्डोनेसियाको वालीमा सम्पन्न विश्व व्यापार संघ (WTO) को वैठकमा भएको निर्णयले नेपाल जस्ता अविकसित देशहरुको उत्पादन विशेष गरि कृषि उत्पादनमा वृद्धि र संरक्षणमा वौद्धिक सम्पत्तिको अधिकारको थप भूमिका रहने भएकोले यसमा सम्बन्धित सवै संघ संस्थाहरुको सहभागिता र सहकार्य आवश्यक भएकोमा जोड दिनु भयो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुदै नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले वौद्धिक स्तरमा आधिारित (Knowledge Based) उद्योग व्यवसायको लागि वौद्धिक सम्पत्तिको संरक्षण, चुनौती र आवश्यकता भएकोले यी क्षेत्रको संरक्षण गर्न विशेष पहल गरिनु पर्नेमा जोड दिनु भयो । वौद्धिक सम्पत्तिको संरक्षणमा समयमै चासो नराख्दा आफ्नो मौलिकतामा अरुले कब्जा जमाउने जोखिम वढेकोले अन्तराष्ट्रिय स्तरमा निकै महत्वपूर्ण मानिएको वौद्धिक सम्पत्ति अन्र्तगतको पेटेन्ट डिजाइन, ट्रेड मार्क, प्रतिलिपि अधिकार जस्ता विषयमा व्यापक कार्यक्रम र संरक्षण गरिनु पर्ने कुरामा जोड दिनुहुदै यस कार्यका परिसंघबाट पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा उद्योग सचिव कृष्ण ज्ञवाली, अन्तराष्ट्रिय सम्पत्ति संरक्षण संघ (WIPO) का एशिया प्रशान्त क्षेत्रका उपमहानिर्देशक मोहमद होसन, उद्योग विभागका महानिर्देशक ध्रुवलाल राजवंशी समेतले वौद्धिक सम्पत्तिको संरक्षण र आफ्नो निकायबाट यस सम्बन्धमा गरेको कार्यक्रम र भावि रणनीतिका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।