साना निकासी कर्तालाई नगद प्रोत्साहन नपाएको गुनासो

नेपाली उत्पादनलाई अन्तराष्ट्रिय वजारमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघबाट आयोजित कार्यशाला गोष्ठि आज काठमाण्डौमा सम्पन्न भयो ।

Media Response

युरोपियन वजारमा नेपाली वस्तुहरुको निकासी वढाउने उद्देश्यले नेपाल उद्योग परिसंघबाट युरोपियन युनियनको सहयोगमा सन्चालित "Go International" परियोजना अन्तर्गत आयोजित उक्त गोष्ठिको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव प्रसाद रेग्मीले एक विशेष समारोहका वीच उद्घाटन गर्नुभयो ।

सो अवसरमा स्वागत मन्तब्य दिनुहुदै परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले नेपालको बढ्दो व्यापार घाटालाई निकासी प्रवद्र्धनको माध्यमबाट कम गर्न यो परियोजनाले केही मात्रामा भए पनि सहयोग पु¥याउने धारणा व्यक्त गर्नुहुदै यस कार्यमा परिसंघले निकासी क्षेत्रमा संलग्न सम्बन्धित वस्तुगत संघहरुसंग सहकार्य गरि परियोजनाले आफ्ना गतिविधि अघि बढाइरहेकोले युरोपियन युनियनबाट समेत यस क्षेत्रमा थप सुझाव र सहयोगको लागि आग्रह गर्नु भयो । सो अवसरमा सम्बोधन मन्तव्य दिनुहुदै वाणिज्य तथा आपूर्ति सचिव माधव रेग्मीले सरकारले व्यापार एकिकृत रणनीति (NTIS-2010) लाई समय सापेक्ष वनाउने उद्देश्यले संशोधन गर्ने योजना वनाएकोले यसमा परिसंघ लगायत निजी क्षेत्रका संस्थाहरुको संलग्नता गराईने र निकासी प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिइरहेको व्यक्त गर्नु भयो ।

सो अवसरमा नेपाल पश्मिना उद्योग संघ, नेपाल हस्तकला महासंघ, महिला उद्यमी महासंघ, WVAF Nepal का अध्यक्षहरुले आ–आफ्नो क्षेत्रका वस्तुहरुको निकासीमा देखिएका समस्याका वारेमा वुदागत रुपमा उल्लेख गर्नुहुदै निकासीमा नगद प्रोत्साहनको प्रतिशत कम भएकोले निकासी अनुदानको प्रतिशत बढाउन र साना निकासी कर्ताले उक्त प्रोत्साहन नपाएकोले स–साना निकासी कर्ताहरुले समेत निकासी प्रोत्साहन सरल किसिमले पाउने गरि सरकारले नयाँ अनुदान कार्यविधि ल्याउनु पर्ने माग गर्नुभयो ।

गोष्ठीको अवसरमा परिसंघ उपाध्यक्ष हरिभक्त शर्माले परिसंघले सन्चालन गरेको "Go International Project" को हाल सम्मको गतिविधि र आगामी दिनमा गरिने कार्यक्रमबारे सहभागीलाई जानकारी गराउनु भएको थियो ।

सो समारोहमा युरोपियन युनियनका प्रतिनिधि Maria Castaldi ले परियोजनाबाट सन्चालित गितिविधि प्रति सन्तोष व्यक्त गर्नु हुदै युरोपियन युनियनले निजी क्षेत्र विशेष गरि परिसंघ संग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुदै आगामी दिनमा पनि निवी क्षेत्रसंगको सहकार्य निरन्तर जारी सहने विचार व्यक्त गर्नु भयो ।