नेपाल जर्मन आर्थिक विस्तार सम्बन्धमा छलफल

H.E.AmbassadoratCNI H.E.AmbassadoratCNI

नेपालका लागि जर्मन राजदूत फ्राङ्क माईके (Frank Meyke) र नेपाल उBf]ग परिसंघ (सीएनआइ) का पदाधिकारीहरु बीच आज माघ १ गते, बुधबार, नेपाल र जर्मनीको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा छलफल भयो।

Media Response

परिसंघको सचिवालयमा भएको सो भेटघाट र छलफल कार्यक्रममा परिसंघका अध्यक्ष श्री नरेन्द्र कुमार बस्न्यातले दशकौं पूरानो नेपाल र जर्मनीको राजनीतिक तथा आर्थिक सम्बन्घलाई थप विस्तार गरी नेपालमा जर्मनीको लगानी बढाउन र नेपालको निकासी जर्मनीमा थप विस्तार गर्न विशेषत: दुवै देशको निजी क्षेत्रका बीच सम्बन्ध बढाउन जर्मनी सरकार र दूतावासबाट थप पहल र सहयोगको लागि आग्रह गर्नुभयो।

अध्यक्ष बस्न्यातले भन्नुभयो, "नेपालमा लगानीको वातावरणमा क्रमश: सुधार हुँदै गएको र निजी क्षेत्रको विश्वास पनि बढ्दै गएकोले जर्मनीका वैदेशिक लगानी कर्ताहरुलाई यो सन्देश जर्मन सरकार र राजदूतावासबाट पनि प्रभाहित होस् भन्ने पनि अनुरोघ गर्नुभयो।

प्रत्युत्तरमा राजदूत फ्राङ्क माईके (Frank Meyke) ले स्थायी सरकार, उBf]ग मैत्री वातावरण र दिगो लगानी नीति वैदेशिक लगानीको मूख्य आधार भएको विचार व्यक्त गर्नुहुँदै नेपालमा हालसम्म पनि स्थायी सरकार नभएको, नया सम्विधान तथा दक्ष्य कामदार एवम् श्रम शान्तिको खाँचो भएको कारणले विदेशी लगानी कर्ताहरुमा विश्वासको कमी भएकोले यस तर्फ नेपाल सरकार र राजनीतिक दलहरुले गम्भीर भएर सोच्नुपर्ने र निजी क्षेत्रले पनि सो विषयलाई पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

सो छलफलमा परिसंघका उपादक्ष्यहरु श्री हरि भक्त शर्मा र श्री मनोज कुमार केडिया समेतको उपस्थिति थियो।