परिसंघको वरिष्ठ उपाध्यक्षमा हरिभक्त शर्मा

SVPMr.HariBhaktaSharma

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष हरिभक्त शर्मा चुनीनुभएको छ ।

नेपाल उद्योग परिसंघको एघारौं वार्षिक साधारण सभाको प्रारम्भ अघि वसेको गभर्निङ्गग काउन्सीलको वैठकको सिफारिस अनुसार राष्ट्रिय परिषदको वैठकबाट परिसंघको वरिष्ठ उपाध्यक्ष श्री शर्मा सर्वसम्मतले छानिनु भएको हो ।

परिसंघको स्थापना काल देखि नै विभिन्न समितिमा सभापतित्वका साथै उपाध्यक्ष पदमा रहदै आउनु भएका शर्मा देउराली जनता फर्मा स्यूटिकल्सका प्रवन्ध निर्देशक हुनुहुन्छ ।

स्मरणीय छ, परिसंघको विधानको प्रावधान अनुसार वरिष्ट उपाध्यक्ष वर्तमान अध्यक्षको कार्यकाल पछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।