पर्यटन बोर्डको छवी जोगाउ !

नेपाल पर्यटन बोर्डको आर्थिक कारोवार पारदर्शि नभएको भन्ने विषयमा उत्पन्न विवादको सम्बन्धमा नेपाल उद्योग परिसंघको (CNI) को गम्भिर ध्यानाकर्षण भएको छ ।

पर्यटन विकासको यथेष्ट सम्भावना भएको मुलुक नेपालमा पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्यबाट स्वायत्त निकायको रुपमा स्थापित पर्यटन बोर्डमा केही हप्ता देखि जारी यस प्रकारको विवादले एकातिर नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश नजाने र अर्कोतिर उक्त संस्थाको छविमा समेत प्रतिकूल असर पर्न सक्ने यथार्थतालाई पर्यटन व्यवसायी र पर्यटन बोर्ड दुबैले गम्भीर भएर मनन गर्न र यो समस्याको समाधान सम्बादको माध्यमबाट यथासक्य छिटो हुनु पर्ने परिसंघको धारणा छ ।