लगानी बढाउन पारवहनमा सुधार हुनुपर्दछः –राजदूत मासासी ओगावा

नेपालका लागि जापानका राजदूत मासासी ओगावा (Masashi Ogawa)ले नेपाल आर्थिक क्षेत्रमा विस्तारै अघि बढीरहेको र लगानीको वातावरण तुलनात्मक रुपमा राम्रो देखिए तापनि जापानबाट लगानी भित्र्याउन भूपरिवेष्ठित भएको कारण नेपालले (क) यातायात तथा पारवहन स्थितिमा सुधार र (ख) नेपाल जापान वीच द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता (PIPA) गर्न आवश्यक भएको राय व्यक्त गर्नुभएको छ ।

उहाँले उक्त कुरा आश्विन ८ गते नेपाल उद्योग परिसंघका (CNI) पदाधिकारीसंग भएको छलफल कार्यक्रमको अवसरमा व्यक्त गर्नु भएको हो । उहाँले सो अवसरमा भन्नु भयो, नेपालमा सुधारको क्रम बढीरहेको र लगानीकर्ता समेत उत्साहित भएको हुदा यस अवसरलाई निजी क्षेत्रले पनि सदुपयोग गर्ने र यसको लागि नेपाल जापान वीच निजी क्षेत्रको तहमा पनि सम्बन्ध विस्तारमा सक्दो प्रयाश आफूले गर्ने आश्वासन दिनु भएको छ ।

छलफलमा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले नेपाल र जापानको आर्थिक एवं व्यवसायिक सम्बन्ध थप गहन बनाउन र नेपालमा जापानी लगानी भित्र्याउन जापानी राजदूतबाट समेत थप पहल एवं सहयोग रहने विश्वास व्यक्त गर्नु भयो । उहाँले हालै नेपाल भारत वीच सम्पन्न विद्युत व्यापार सम्झौता (PTA) र आयोजना विकास सम्झौता (PDA) नेपालको जल विद्युतको विकासको लागि राम्रो अवसर हो भन्नुहुदै विद्युत विकासको क्षेत्रमा समेत जापानी लगानीको पहल होस भन्ने प्रस्ताव राजदूत मासासीसंग राख्नु भयो ।

उक्त छलफलमा परिसंघका उपाध्यक्ष द्वय सतिष मोर तथा मनोज केडिया, गभर्निङ काउन्सीलका सदस्य द्वय विजय शाह र योगेश्वरलाल श्रेष्ठ समेतको उपस्थिति थियो ।

H.E.AmbassadorofJapanandCNIPresidentatCNISecretariat