महाभूकम्पमा पिडितहरुको सहयोगका लागि परिसंघको अपिल

यही २०७२ वैशाख १२ गतेको महाभूकम्पबाट हुन गएको ठूलो जनधन, ऐतिहासिक तथा पुरातात्विक संरचनाको क्षति प्रति नेपाल उद्योग परिसंघ गहिरो समवेदना सहित दुखः प्रकट गर्दछ । यस दुखद घडिमा हामी सवैले आ आफ्नो तर्फबाट पिडितहरुको सहयोगार्थ सक्दो सहयोग गर्नु मानविय कर्तब्य भएको पृष्ठभूमिमा पिडितहरुको सहयोगार्थ नेपाल उद्योग परिसंघ तथा परिसंघवाट स्थापित नागरिक राहत कोषबाट राहत संकलन कार्यक्रम सन्चालन गर्ने निर्णय गरिएको छ ।

यस क्रमको पहिलो चरणमा क्षतिग्रस्त जिल्लाहरु मध्ये सिन्धुपलान्चोकको चौतारामा परिसंघ–नागरिक राहत कोषको तर्फबाट केहि खाद्यान्न सामाग्री, पाल र पिउने पानी पठाउने व्यवस्था मिलाईएको छ । साथै यस दैवि प्रकोपबाट पिडितहरुको सहयोगार्थ परिसंघबाट रकम संकलनको कार्यक्रमको अभियान सहति यस कार्यको लागि NIC Asia वैकको कर्पोरेट शाखामा रहेको यस परिसंघको खाता नं. 5444304011524002 (Swift Code: NICENPKA) मा आ आफ्नो तर्फबाट रकम जम्मा गरि सहयोग पु्याउन परिसंघ आफ्ना सदस्य संस्थाहरु लगायत अन्य सवै इच्छुकहरुमा हार्दिक अपिल गर्दछ ।