परिसंघद्वारा रु ६० लाख वरावरको अत्यावस्यक राहत सामाग्रीहरु वितरण

विनाशकारी भूकम्पबाट पिडितहरुको सहयोगार्थ नेपाल उद्योग परिसंघ (CNI) ले महसंचार समेतको सहकार्यमा आफ्ना सदस्य संघ संस्थाहरुको सहयोगमा राहत (नगद तथा जिन्सी) संकलन एवं वितरणको कार्यक्रम जारी राखेको छ ।

यसै क्रममा परिसंघ र मह संचारको पहलमा संचालित नागरिक राहत कोष मार्फत गत सोमबार देखिनै प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ विभिन्न जिल्लाहरुमा विविध राहत सामाग्रि वितरण कार्यक्रम प्रारम्भ गरिरहेको छ ।

यसरी प्रारम्भ गरिएको कार्यक्रममा परिसंघले  विभिन्न खाद्यन्न सामग्री गोरखा जिल्लाका भूकम्प पिडितहरुका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एंब पूर्व राजदुत डा. शंकर शर्मा मार्फत वैशाख २१ गते गोरखा जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

त्यसै गरि वैशाख २२ गते नुवाकोट जिल्लाको वट्टारमा आयोजित कार्यक्रममा परिसंघबाट वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विभिन्न राहत सामाग्रि हस्तान्तरण गरिएको छ ।

परिसंघबाट यसरी हस्तान्तरण गरिएका राहत सामाग्रीहरुमा चामल,चिउरा, चाउचाउ, त्रिपाल र कम्बल छन ।

हाल सम्म परिसंघले रु ६० लाख वरावरको अत्यावस्यक राहत सामाग्रीहरु वितरण गरिसकेको छ र यो क्रमलाई निरन्तरता दिईने छ ।

परिसंघले यसरी संकलित राहत सामाग्री केन्द्रिय राहत तथा आपूर्ति व्यवस्था समितिको समन्वय एवं सल्लाहमा तोकीएका जिल्लाहरुमा वितरण गरिहेको छ ।

नेपाल उद्योग परिसंघ सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आ–आफ्नो उद्योग प्रतिष्ठान तथा व्यवसायहरु यथासक्य संचालन गरि दैनिक आधारभूत वस्तुहरुको आपूर्ति व्यवस्थालाई सामान्य वनाउन पुनः आग्रह गर्दछ ।