राहत सामाग्री लिएर वरिष्ठ उपाध्क्ष हरिभक्त शर्मा तथा मह जोडी धुञ्चेमा

विनाशकारी भूकम्पबाट पिडितहरुको सहयोगार्थ नेपाल उद्योग परिसंघ (CNI) ले महसंचार समेतको सहकार्यमा आफ्ना सदस्य संघ संस्थाहरुको सहयोगमा राहत (नगद तथा जिन्सी) संकलन एवं वितरणको कार्यक्रम जारी राखेको छ ।
यसै क्रममा परिसंघ र मह संचारको पहलमा संचालित नागरिक राहत कोष मार्फत गत सोमबार देखिनै प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ विभिन्न जिल्लाहरुमा विविध राहत सामाग्रि वितरण कार्यक्रम प्रारम्भ गरिरहेको छ ।
यसरी प्रारम्भ गरिएको कार्यक्रममा परिसंघले  विभिन्न खाद्यन्न सामग्री दोलखा जिल्लाका भूकम्प पिडितहरुका लागि पूर्व सचिव कृष्ण ज्ञवाली मार्फत वैशाख २३ गते दोलखाको सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।
त्यसै गरि वैशाख २४ गते रसुवा जिल्लाको धुञ्चेमा परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जिल्लाका स्थानीय विकास अधिकारीलाई विभिन्न राहत सामाग्रि हस्तान्तरण गरिएको छ । यसै गरि अजै गोर्खा जिल्लाको लागि नेपाली सेना मार्फत टेन्ट समेत पठाईएको छ ।
परिसंघबाट यसरी हस्तान्तरण गरिएका राहत सामाग्रीहरुमा चामल, चिउरा, नुन, चाउचाउ, त्रिपाल, कम्बल लगायतका अत्यावस्यक सामाग्री रहेका छन ।
परिसंघले राहत सामाग्रीहरु वितरण गर्ने क्रमलाई निरन्तरता दिने छ ।
परिसंघले यसरी संकलित राहत सामाग्री केन्द्रिय राहत तथा आपूर्ति व्यवस्था समितिको समन्वय एवं सल्लाहमा तोकीएका जिल्लाहरुमा वितरण गरिहेको छ ।
नेपाल उद्योग परिसंघ सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आ–आफ्नो उद्योग प्रतिष्ठान तथा व्यवसायहरु यथासक्य संचालन गरि दैनिक आधारभूत वस्तुहरुको आपूर्ति व्यवस्थालाई सामान्य वनाउन पुनः आग्रह गर्दछ ।