पुनस्र्थापना सरकारको पहिलो प्राथमिकता —अर्थमन्त्री

अर्थमन्त्री डा. रामशरण महतले भनेका छन्— महाभूकम्प पछिको राहत कार्य सँगै पिडितहरुको पुनस्र्थापना नै सरकारको पहिलो प्राथमिकताको विषय भएकोले यस कार्यमा निजी क्षेत्र लगाएत सम्बन्धीत सबै संस्थाहरुको सहयोगको अपेक्षा सरकारले गरेको छ ।
उक्त कुरा उनले नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको अर्थमन्त्रालयमा, जेष्ठ ४ गते आयोजित भेटवार्ताका अवसरमा व्यक्त गरेका हुन । सो अवसरमा अर्थमन्त्री डा. महतले— यो संकटको समय भएकाले पिडितहरुको राहत र पुनस्र्थापनाको कार्यमा सघाउन आव्हान गर्दै परिसंघ जस्ता निजी क्षेत्रका संस्थाले यस कार्यमा पुर्याकएको सहयोगको सह्राना गर्दै ठूला उद्योग तथा साना तथा मझौला उद्योग व्यापारमा परेको असरका विषयमा विस्तृत अध्ययन भैरहेको छ र जोखिममा परेका यस्ता क्षेत्रको उत्थान सरकारबाट आवश्यक कदम उठाउने योजना सरकारबाट घोषणा गरिने जानकारी उक्त अवसरमा दिए ।
विनाशकारी भूकम्पबाट समग्र अर्थतन्त्रमा परेको असर र उत्थानका सम्बन्धमा परिसंघले तयार गरेको सुझाव प्रस्तुत गर्दै परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले भने भूकम्प पिडितहरुको तत्काल राहत र पुनस्र्थापना अहिलेको प्राथमिकता हो, तापनि अर्थतन्त्रको स्थायित्व एवं यसलाई चलायमान बनाउनका लागि लक्ष्य अनुसार काम हुनुपर्दछ । यदि हुन नसकेमा हाम्रो अर्थतन्त्रमा  Depression र De-growth को त्रास सँगै राष्ट्रले थप चुनौति बेहोर्नु पर्ने हुँदा यस तर्फ सरकारले समयमै उचित ध्यान दिनु पर्दछ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द राज पोखरेल, नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरन्जीवि नेपाल र बिमा समितिका अध्यक्ष डा. फत्ते बहादुर के.सी. समेतको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा परिसंघबाट अर्थमन्त्री समक्ष प्रस्तुत सुझावमा प्रमुखत १) व्यक्तिगत किसिमको २) साना तथा मझौला व्यवसायको ३) बैँक तथा बिमा व्यवसायको र ४) ठूला व्यवसायको तहमा पर्न गएको असर र सो को समाधानका विषयमा विस्तृत उल्लेख छ । यसै गरि प्रस्तुत सुझावहरुमा क) साना तथा मझौला व्यवसायको पुनरुत्थान लागि Business Recovery Fund को स्थापना र ख) पिडितहरुको पुनस्र्थापनाका सम्बन्धमा Re-construction Policy सम्बन्धी सुझावहरु प्रमुख छन् ।
उक्त कार्यक्रममा सुझाव पेश भए सँगै छलफलमा भाग लिदै परिसंघका वरिष्ठ उपाध्यक्ष हरि भक्त शर्माले पुनस्र्थापना र पुनरुत्थान राष्ट्रिय आवश्यकता भएको सन्दर्भमा सबैको सहभागिता आवश्यक छ र सरकारले सबैलाई साथ लिएर जानु पर्ने विषयमा जोड दिए । उक्त भेटवाताका अवसरमा परिसंघका उपाध्यक्षहरु अनुज अग्रवाल, बसन्त राज मिश्र, गभर्निङ काउन्सिलका सदस्यहरु विजय कुमार शाह, योगेश्वर लाल श्रेष्ठ लगाएत परिसंघका राष्ट्रिय परिषदका अन्य सदस्यहरुले आ—आफ्नो राय सुझाव पेश गरेका थिए ।