संकट पछिको पुनः निमार्णमा विज्ञहरुको संलग्नता आवश्यक

नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले भनेका छन् संकट पछि (Post Disaster) पुनः निमार्ण गर्ने अवसरको साथै चुनौति पूर्ण प्रकृया भएकोले यस कार्यमा विज्ञहरु एवं वहु पक्षिय संलग्नता र अनुभव आवश्यक पर्ने हुँदा नेपालमा भूकम्पबाट भएको क्षति पछिको पुनः निमार्णको कार्यमा परिसंघले विभिन्न पक्षसंग सल्लाह र समन्वय गरि सरकारमा सुझाव पेश गरेको छ ।
उक्त कुरा उनले नेपाल उद्योग परिसंघ र मियामोटो विश्व संकट उद्धार (Miyamoto Global Disaster Relief) ले जेष्ठ २० गते आयोजना गरेको “नेपाल पुनः निमार्णः विश्व अनुभव” (Reconstructing Nepal: Global Perspective) विषयमा आयोजित सेमिनारको उद्घाटनका अवसरमा व्यक्त गरेका हुन ।
उक्त अवसरमा उनले भने आर्थिक औद्योगिक व्यापारिक क्षेत्रलाई चलायमान बनाउनुनै आजको पहिलो आवश्यकता भएकोले परिसंघले पुनः निमार्णको साथै नीतिगत तहमा गरिनु पर्ने खास खास सुधारका विषयमा सरकारमा ठोस सुझाव पेश गरेकोले यस विषयमा सरकारबाट आवश्यक ध्यान दिईनु पर्ने विषयमा जोड दिएका थिए ।
उक्त अवसरमा भूकम्प विज्ञको रुपमा आफ्नो लामो अनुभव संगै नेपालमा गएको भूकम्पबाट भएको विभिन्न स्तरका भवनहरुमा भएको क्षतिको कारण र अवको पुनः निमार्णमा अपनाउनु पर्ने मापदण्डका विषयमा आफ्नो विचार व्यक्त गर्दै मियामोटो फाउन्डेशनका प्रमुख एवं भूकम्प विज्ञ डा. एच.किट मियामोटो (Dr. H. Kit Miyamoto) ले भने नेपालको हालको पुनः निमार्णको अवस्था संकटपूर्ण भएकोले यस अवस्थामा हतारमा कुनै पनि निमार्ण कार्य गरिनु वुद्धिमानी हुदैन ।
उनले आफ्नो प्रस्तुतिमा हाईटी (Haiti) र न्यूजिल्याण्ड (New Zealand)मा गएको भूकम्प पछिको पुनः निमार्णमा आफ्नो अनुभव वताउदै यस कार्यमा नि सवै पक्षको उचित सर सल्लाह र रणनीतिको माध्यमबाट ऐले त्यहाँ विकास भएको स्पष्ट पारे ।
उक्त छलफल कार्यक्रममा परिसंघका विरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुका साथै वरिष्ठ उद्योगी व्यवसायी, निमार्ण व्यवसायीहरु, इन्जीनियरहरु समेतको सहभागिता रहेको थियो ।
 

KATHMANDU – On June, 3rd 2015 the Confederation of Nepalese Industries in partnership with Miyamoto Global Disaster Relief brought key players from the Nepalese private sector together to discuss Nepal’s earthquake challenges and how to proactively overcome these. 

At this seminar, titled “Reconstruction Nepal: Global Perspective,” key-note speaker Dr. Kit Miyamoto, from the global structural earthquake engineering firm, Miyamoto International and founder of non-profit, Miyamoto Global Disaster Relief, shared experiences gained working throughout the world in post-earthquake environments. Lessons learned from disaster response, early recovery and reconstruction in recent earthquakes in Haiti and New Zealand were shared, as well as successful response and reconstruction strategies developed and implemented during international earthquake disasters of the last two-decade. 
“This is the most critical time in the path of Nepal’s reconstruction,” said Dr. Kit Miyamoto, “The decisions and actions we take today will either hasten or slow down Nepal’s recovery. We are honored to be a part of it, and work towards speedy recovery through engineering knowledge and technology transfer.”
The seminar also took a closer look at.
Participants comprised of key leaders from the various industries in Nepal engaged in a dialogue on what the future holds for Nepal and how the public, private and
non-profit sectors can work together to tackle Nepal’s earthquake challenges and build a stronger and more resilient nation.