विमा दावी सम्बन्धमा अन्तरकृया

नेपाल उद्योग परिसंघले "World Claim Global Claims Management" संगको सहकार्यमा निर्जीवन विमा दावीका सम्बन्धमा देखिएका समस्या र यसको समाधानका सम्बन्धमा यही जेष्ठ २८ गते एक अन्तरकृया कार्यक्रमको आयोजना गर्योा ।
उक्त कार्यक्रमको प्रारम्भमा गर्नुहुदै परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले महाभूकम्प पछि वीमा दावि गर्नेको संख्या बदेको तर नेपालका विमा कम्पनीहरुसंग एकातिर वीमा दावी अनुसारको रकम भुक्तानी गर्न सक्ने क्षमता नभएको तर अर्कोतिर पुनः वीमा गर्ने विदेशी वीमा कम्पनीहरुसंग वीमा दावी सम्बन्धमा अपनाउनु पर्ने उचित ज्ञान र प्रकृयाको जानकारी नहुदा उद्योगी व्यवसायी एवं अन्य क्षेत्रहरु बढी मर्कामा पर्न गएको हुँदा पुनःवीमा दावीको लागि सम्बन्धित वीमा कम्पनी एवं उद्योगी व्यवसायीले अपनाउनु पर्ने प्रकृयाका सम्बन्धमा यस अन्तरकृयाबाट थप जानकारी हुन सक्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा पुनःवीमा एवं वीमा दावीको सम्बन्धमा आफ्नो अनुभव व्यक्त गर्दै WorldClaim Global Claim Management का प्रमुख Andrew Fusco ले नेपालको वीमा दावीका कतिपय प्रावधान अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएकोले यसलाई सुधार गर्नु पर्ने र नेपालको हालको भूकम्प पछि वीमा क्षेत्रमा आएको दायीत्वसंगै पुनःदावीको सन्दर्भमा उचित ध्यान पुर्या उन आवश्यक देखिएको र यस कार्यमा WorldClaim जस्ता संस्थाले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सक्ने विचार व्यक्त गरे ।
सो कार्यक्रममा परिसंघका पदाधिकारीहरु तथा सदस्यहरु, नेपाल सरकारका प्रतिनिधिहरु, विमा, वैंक र निर्माण कम्पनिहरु समेतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।