स्लोभेनियाका राजदूत र परिसंघ पदाधिकारी भेटवार्ता

 
नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार वस्न्यातले नेपालको सामाजिक आर्थिक क्षेत्रको विकासका साथै लगानी वढाउने कार्यमा समेत सहयोग गर्न स्लोभेनियाका राजदुतलाई आग्रह गरेका छन । आज श्रावण ७ गते नेपालका लागी स्लोभेनियाका राजदुत डारजा वावडज कुरेत (Darja Bavdaž - Kuret ) र परिसंघका पदाधिकारी विच भएको भेटवार्ताका अवसरमा उक्त आग्रह गरेका हुन । भेटका अवसरमा नेपाल र स्लोभेनिया विचको आर्थिक एंव सामाजिक सम्बन्ध विस्तारको विषयमा छलफल भएको थियो ।
सो अवसरमा परिसंघका अध्यक्ष वस्न्यातले राजदुत कुरेतको स्वागत गर्नुहुदै उहांको कार्यकालमा नेपाल र स्लोभेनियाको आर्थिक एंव व्यावसायिक सम्बन्ध थप गहन बनाउन र नेपालमा स्लोभेनियाको लगानी भित्रयाउन सहयोगी रहने विश्वास व्यक्त गरे ।
देशमा विनासकारी भूकम्प पछिको पुननिर्माण र नवनिर्माणको काम चलिरहेको सन्दर्भमा स्लोभेनियाको प्रविधि खासगरी फेव्रिक घरहरुको निर्माण नेपालको सन्दर्भमा सान्दर्भिक हुने हुँदा दुई मुलुक वीच यसको सम्भाव्यता अध्ययनको लागि नेपाल उद्योग परिसंघबाट सक्दो पहल हुने विचार व्यक्त गरे ।
सन १९९७ बाट कुटनैतिक सम्बन्ध स्थापना भएको भएतापनि नेपालको स्लोभेनिया संगको आर्थिक एवं व्यापारिक सम्बन्ध अपेक्षि मात्रामा नभएको हुँदा दुई मुलुक वीच औद्योगिक व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, मेला प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिएका थिए ।
प्रत्युतरमा राजदुत कुरेतले सामाजिक विकासका कार्यक्रमका अतिरिक्त प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनमा स्लोभेनिया इच्छुक रहेको उल्लेख गर्नुभयो । राजदूत कुरेत व्यावसायिक साझेदारी अन्र्तगत नेपालको कृषि, हस्तकला, पर्यटन, फोहोर व्यवस्थापनका साथै खाद्य प्रशोधन, मासु प्रशोधन, वैकल्पीक उर्जा जस्ता क्षेत्र विकास र लगानीको लागि नेपाल र स्लोभानियाका उद्योगी व्यावसायी विच निरन्तर सम्पर्क र भेटघाटको लागि स्लोभेनिया तयार रहेको कुरा व्यक्त गर्नु भयो । 
परिसंघको सचिवालयमा भएको सो छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।