नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित पदाधिकारीहरलाइ स्वागत कार्यक्रम ।

नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाजका नव निर्वाचित अध्यक्ष र पदाधिकारीहरुलाई भादौ २७ गते परिसंघको सचिवालयमा स्वागत कार्यक्रमको आयोजना ग¥यो ।

उक्त कार्यक्रममा सेजनका अध्यक्ष गोकर्ण अवस्थी र पदाधिकारीहरुको स्वागत गर्दै परिसंघका अध्यक्ष नरेन्द्र कुमार वस्न्यातले आर्थिक, उद्योग व्यवसायका समस्या र वस्तुस्थितीलाई औल्याउन सेजनले खेलेको भुमिकाको सह्राना गरे ।

सो अवसरमा अध्यक्ष वस्न्यातले राजनीतिक अस्थिरता एंव बन्द हड्ताल जस्ता गतिबिधिको कारण निजी क्षेत्र बढी मारमा पर्ने गरेको छ । यसमा पनि संबिधान तर्जुमाको क्रममा प्रान्तको बाडफाड र नामाङ्कनको विषयलाई लिएर भएको विरोधले कयौंको ज्यान जानुको साथै उद्योग व्यबसाय एक महिना देखि बन्द भएकोले थप आर्थिक मन्दी शुरु भएको छ । आर्थिक उद्योग व्यबसायलाई चलायमान बनाउन आर्थिक पत्रकार समाजबाट थप पहल हुने अपेक्षा परिसंघले लिएको ब्यहोरा ब्यक्त गरे ।

सो अबसरमा सेजनका अध्यक्ष गोकर्ण अबस्थीले मुलुकको राजनीति अवस्था थप अस्थिर हुदा आर्थिक क्षेत्रमा समेत असर पर्न गएकोले यसलाई जोगाउन सेजनबाट सक्दो सहयोग र सहकार्य निजी क्षेत्रसग गरिने विचार ब्यक्त गर्दै सेजनले आउदा दिनमा आफ्नो सस्थागत विकास सेजनका  सदस्यको तालिम एंव निजी क्षेत्रको समस्यालाइ सामाजिक न्यायको आधारमा निरन्तर उठाउने विषयमा जोड दिए ।

सो अबसर परिसंघ र सेजन बीच आउदा दिन अझबढी समझदारी र सहयोग बढाइ कार्यक्रमको आयोजना गर्ने विषयमा समेत छलफल भएको थियो ।