मिडिया सामज नेपाल संग छलफल: मिडियाले परिर्वतनको संकेत दिन सक्नु पर्दछ ।

संकटपूर्ण अवस्थामा पनि संचार माध्यम (Media) को भूमिका महत्वपूर्ण हुने यथार्थतासंगै मिडियाले सूचना तथा घटना परिघटना मात्र नभै विचार र परिवर्तनको संकेत दिन सक्नु पर्दछ ।

उक्त कुरा नेपाल उद्योग परिसंघमा पौष २० गते आयोजित मिडिया समाज नेपालका नव निर्वाचित पदाधिकारीहरुको स्वागत एवं भेटघाट कार्यक्रमको अवसरमा परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले व्यक्त गरेका हुन ।

सो अवसरमा उनले भने नेपालको सन्दर्भमा आज पनि धेरै जसो मिडियाले आर्थिक, उद्योग, व्यवसाय भन्दा राजनीतिक विधालाईनै बढी प्रकाश ९ज्ष्नजष्निजत० गर्ने परिपाटी भएकोले आर्थिक एजेण्डाले आज पनि खास महत्व नपाएको प्रष्ट हुन आउने हुदा मिडियाले समाचार उत्पादनको नीतिमा पुनः विचार गर्नु आवश्यक छ ।

सो अवसरमा मिडिया समाज नेपालका नव निर्वाचित अध्यक्ष पुष्करलाल श्रेष्ठले मिडियाले राजनीतिलाई मात्र नभै आर्थिक व्यवसायको गतिविधि तथा कार्यक्रमलाई प्राथमिकतामा राखि समाचार विश्लेशण/टिप्पणी गर्ने रणनीति अवलम्बन गर्न पर्ने विषयमा जोड दिदै अव सन्चार माध्यमले राजनीति होइन व्यवसाय पहिला (Business First) को नारा सहित र निजी क्षेत्रसंग सहकार्य गर्नु पर्ने धारणा व्यक्त गरे ।

सो अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले मिडिया समाज र निजी क्षेत्र वीचको सहकार्य परिवर्तनका लागि गरिनु पर्दछ जसबाट नेपालको अर्थतन्त्रलाई माथि उठाउने काम होस भन्ने धारणा राखे । मिडिया सोसाइटी र औद्योगिक व्यवसायीक संगठन एकै ठाउमा उभिएर परिवर्तन गर्नु पर्ने प्राथमिकताका एजेण्डाको पहिचान र प्राथमिकीकरण गरि अर्थ केन्द्रीत शक्तिको लागि छलफल हुनु पर्ने कुरामा विशेष जोड दिए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले मुलुकमा सार्थक परिवर्तनको लागि दुई संस्था बीच संस्थागत व्यवस्था हुनु पर्ने र आर्थिक विषयलाई केन्द्रविन्दुमा राख्नु पर्नेमा जोड दिदै राष्ट्र रुपान्तरणमा दुबै निकायले सहकार्य गर्नु पर्नेमा जोड दिए ।

सो अवसरमा मिडिया समाजका उपाध्यक्ष राजु प्रसाद कडेल तथा उज्वल शर्मा, महासचिव शुभशंकर कडेल, सचिव मदन लम्साल, कोषाध्यक्ष शिशिर भट्टको लगायत परिसंघका उपाध्यक्ष अनुज अग्रवाल, सतिस मोर, वसन्तराज मिश्र गभर्निङ काउन्सिलका सदस्यहरु शशिकान्त अग्रवाल, योगेश्वरलाल श्रेष्ठ लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।