डा. महत : परिवर्तनका सारथी

हालै Finance Minister of the Year बाट सम्मानित पूर्व अर्थमन्त्री तथा माननीय डा. राम शरण महतले सो सम्मान आफ्नो मात्र नभई मुलुककै सम्मान भएको र भूकम्प पछि नेपालले अन्तराष्ट्रिय क्षेत्रको ध्यान आकर्षित गर्दै असहज परिस्थितिमा समेत अर्थतन्त्रलाई स्वस्थ स्थितिमा राख्न सकेको स्मरण गर्दै यस्मा सरोकार वाला सवैको सहयोग रहेको वताए । हाल नेपालको अर्थतन्त्रबारे प्रकाश पार्दै अर्थतन्त्रले गति लिन नसक्नु, आर्थिक वृद्धि एवं संवृद्धि हासिल हुन नसक्नुमा राजनीतिक कारण रहेको वताउदै आर्थिक वृद्धिको लागि लगानीमा वृद्धि, नीतिको पूर्वआकलन गर्न सक्नु र सुरक्षाको प्रत्याभूति भएमा देशमा लगानी भित्रने निश्चित भएको उल्लेख गर्दै दोहोरो अंकको वृद्धिको लागि कूल गाह्र्रस्थ उत्पादनको करिव ४०  प्रतिशत लगानी हुनु पर्ने वताए । विगतमा लागू भएका निजी क्षेत्र मैत्री नीति, ऐन कानूनबाट फर्कन सक्ने स्थिति नरहेको वताउदै नेपालीहरुको शहनशिलता (Resilience) को सवैले प्रसंशा गर्ने गरेको र आर्थिक वृद्धिको लागि विधिको कानून, समान अवसर, कानून लागू गर्ने क्षमता र सुशासन, संपत्तिको सुरक्षा, माल बस्तुको वेरोकटोक ओसार पसार हुने वातावरण हुनु अनिवार्य र आवश्यक रहेको वताए । उक्त कुरा उनले नेपाल उद्योग परिसंघले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा वताएका हुन ।

संयुक्त अधिराज्यको प्रतिष्ठित The Financial Times को सह प्रकाशन The Banker ले एशिया प्यासिफिक क्षेत्र तथा विश्व श्रेणीमा उत्कृष्ट अर्थ मन्त्री "Finance Minister of the Year 2016" बाट सम्मानित भई नेपाल र नेपालीको प्रतिष्ठा बढाउन सफल भएको मा पूर्व अर्थमन्त्री माननीय डा. राम शरण महतज्यूलाई नेपालको निजी क्षेत्र तथा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले बधाई ज्ञापन गरे ।

सन १९९० मा नेपालमा पनि उदारीकरण, निजीकरण र विश्वव्यापीकरणको प्राभाव परेको र यस सन्दर्भमा डा. महतले खेलेको भूमिका र निजी क्षेत्र मैत्री ऐनहरु खासगरी औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, जलश्रोत ऐन, श्रम ऐन आदि जस्ता ऐन कानुनले गर्दा निजी क्षेत्रले प्रस्फुटनको अवसर पाएको उनले वताए ।

महाभूकम्प पछि सरकारले आव्हान गरे अनुसार दातृ निकायले सहयोग दिने आश्वासनका बाबजुद विविध कारणबाट पुर्ननिर्माण प्राधिकरण समयमा गठन हुन नसक्दा भूकम्प पिडितहरुमा आवस्यक परेको समयमा सहयोग रकम पुग्न नसकेको कटु यथार्थता रहेको वताउदै उनले नेपालमा राजनीतिक अस्थीरताका बाबजुद पनि भूकम्प पश्चात नेपालमा साधन र श्रोतको अभाव खट्कीरहेको वेलामा डा. महतले राहत र अर्थ संकलनमा खेलेको भूमिका प्रशंसनीय रहेको समेत उल्लेख गरे ।

उनले आर्थिक उदारीकरणको नीतिलेनै नेपालमा वित्तिय क्षेत्र लगायत शिक्षा, स्वास्थ्य, सन्चार, सेवा क्षेत्र आदिमा प्रगति भए तापनि उत्पादन र रोजगारीका अवसरहरु श्रृजना गर्नु पर्ने धेरै क्षेत्र र काम बाँकी नै रहेको समेत वताए ।

सोही अवसरमा डा. महतको सम्मानमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले नेपालले हाल भोगेका अर्थतन्त्रका चुनौति जे जस्तो भएतापनि मुलुकले ९० को दशक पछि निर्देशित अर्थतन्त्रलाई छाडेर खुला अर्थतन्त्र अंगिकार गरिसके पछि मुलुकमा सेवा क्षेत्र लगायत उत्पादनशील क्षेत्रमा समेत तीव्र विकास भएको उल्लेख गरे । डा. महतको कार्यको सह्राहना गर्दै चौधरीले मुलुकले अंगीकार गरेको संरचनात्मक सुधारको कार्यक्रम (Structural Adjustment Program) लाई गती दिन उनले खेलेको परिवर्तनको सारथीको भूमिकाले निजी क्षेत्र मैत्रि वातावरण श्रृजना भई अर्थतन्त्र चलायमान तथा विकासले गति लिएको वताए । विगतमा निजी क्षेत्रलाई परिवर्तन एवं विकासको वाहकको रुपमा नहेरिने परम्परालाई तोड्दै डा. महतले आफ्नो विभिन्न जिम्वेवारी लिने क्रममा निजी क्षेत्र मैत्रि नीति, ऐन कानूनमा पहल कदमी लिएको समेत स्मरण गरे ।

उक्त अवसरमा धन्यवाद मन्तव्य व्यक्त गर्दै परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले मुलुकलाई हाम्रो जीवनकालमा रुपान्तरण गर्न जरुरी भएको र अर्थतन्त्रलाई स्वस्थ वनाउन निजी क्षेत्रमैत्री वातावरण वनाउन सरकारको अहम भूमिका हुने हुँदा सरकारले निजी क्षेत्रमैत्री वातावरण वनाउने अपेक्षा परिसंघले गरेको वताए ।

सो अवसरमा परिसंघका पदाधिकारी, गभर्निङ काउन्सील, राष्ट्रिय परिषद सदस्य तथा अन्य उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

(तस्विरहरुको लागि हाम्रो फेसबुक (https://www.facebook.com/cnind) पेज हेर्नु होला)