स्वर्गीय कोईराला : उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती

नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ राजनीतिज्ञ, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापती सुशील कोईरालाको यही माघ २६ गते भएको असामयिक निधनबाट नेपालको सम्पूर्ण निजी क्षेत्र सहित नेपाल उद्योग परिसंघ स्तब्ध भएको छ ।
एक इमान्दार, सरल स्वभाव र स्वच्छ चरित्रका अथक राजनीतिकर्मी स्वर्गिय कोईराला राजनीतिक स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र मान्यताका साथै उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती हुनुहुन्थ्यो ।
आर्थिक विकासमा निरन्तर लागि रहन निजी क्षेत्रलाई अभिप्रेरित गर्ने, उहाँको निधनले मुलुकको राजनीतिक फाँटमा मात्र होइन निजी क्षेत्रमा समेत ठूलो रिक्तता भएको परिसंघले महशूस गरेको छ । मुलुकको संविधान जारी गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्वर्गीय कोईरालाको असामयिक अवसानको यस दुःखद घडीमा उहाँले पुर्याूउनु भएको ऐतिहासिक देनको साथै उहाँको निष्ठा, त्याग र संघर्षमय जीवनको स्मरण गर्दै नेपाल उद्योग परिसंघ स्वर्गीय कोईराला प्रति हार्दिक श्रद्धान्जली सहित उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ ।