नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलबाट भारतीय मन्त्री एवं समकक्षीहरुवीच भेटवार्ताः

प्राधानमन्त्रीको भारत भ्रमण आर्थिक एवं औद्योगिक सम्बन्ध विस्तारका लागि सफल
–परिसंघ

सम्माननीय प्रधानमन्त्री के.पि. शर्मा वलीको भारत भ्रमणको साथमा रहेको परिसंघको प्रतिनिधि मण्डलको सदस्यका हैसियतले दुई मुलुक विच व्यापार तथा लगानी अभिवृद्धि गर्ने उद्देश्यले आयोजित विभिन्न औपचारिक एवं अनौपचारिक छलफल, गोष्ठि, अवलोकन भ्रमणमा भाग लिएको छ ।
परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यात लगायत वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष अनुज अग्रवाल, परिसंघ–उर्जा विकास परिषदका सदस्य एवं एसोचेम नेपाल च्याप्टरका सभापती निर्वाण चौधरी सो प्रतिनिधि मण्डलमा सम्मिलित रहेका छन् ।
यसै क्रममा परिसंघको प्रतिनिधि मण्डलले फागुन ११ गते भारतका यातायात तथा पारवहन मन्त्री नितिन गडकरीसंग भेटी द्विपक्षिय आर्थिक सम्बन्ध विस्तार एवं यातायातका क्षेत्रको विस्तार एवं सहजिकरणका विषयमा छलफल गरेको छ । सत्तारुढ भारतीय जनता पार्टिका प्रभावशाली नेता, मन्त्री गडकरीसंग परिसंघको प्रतिनिधि मण्डलले दुई मुलुक विच विद्यमान आर्थिक एवं व्यापारिक संबन्ध र भविष्यका सम्भावना वारे गहन छलफल भएको र भूशंसाधन एवं परिवहन वारे समेत छलफल भई भूमी तथा जल मार्गबाट कसरी प्रभावकारी र न्यून लागतमा औद्योगिक एवं व्यापारिक सामाग्रीको ओसार पसार गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल भएको छ ।
त्यसै गरि आजै परिसंघको प्रतिनिधि मण्डलले एसोसिएटेड चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि अफ इन्डीया
(ASSOCHAM) का पदाधिकारीसंग समेत भेट गरि दुई पक्षिय लगानी एवं आर्थिक सम्बन्ध विस्तार वारे वृहत छलफल भएको छ । यसै क्रममा परिसंघ र एसोचेम विच परिसंघको आउदो १३ औ साधारण सभामा द्विपक्षिय लगानी एवं व्यापार तथा आर्थिक सम्बन्ध विस्तार वारे सहमती पत्रमा हस्ताक्षर समेत गर्ने कार्यक्रम तय भएको छ । साथै भारतीय लगानी कर्ताको लागि नेपाललाई लगानी गन्तब्यको रुपमा पहिचान गराउने उद्देश्य सहित एसोचेमको नेपाल च्याप्टरको संचालन एवं कृयाकलाप विस्तार गर्ने योजना रहेको छ ।
परिसंघको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्रीको भारतको भ्रमण राजनीतिक हिसावले मात्र नभई द्विपक्षिय व्यापार, लगानी र आर्थिक समझदारी वृद्धिमा फलदायी भएको महसुस गरेको छ । प्रधानमन्त्रीको भारतीय उद्योगी व्यवसायीको समुहलाई दिनुभएको सम्बोधनले नीतिगत रुपमा व्यावसायिक रुपमा गरिएको उत्साहपूर्ण प्रोत्साहनले दुई मुलुकविच औद्योगिक लगानी एवं व्यवसाय विस्तार हुने अपेक्षा परिसंघले लिएको छ ।