व्रिटेन नेपाल चेम्बर अफ कमर्सका प्रनिनिधि द्वारा परिसंघका पदाधिकारीहरु सँग भेटवार्ता

व्रिटेन नेपाल चेम्बर अफ कमर्सको १२ सदस्यीय औद्योगिक एवं व्यापारिक प्रतिनिधि मण्डलले परिसंघका पदाधिकारीहरुसँग चैत्र २ गते परिसंघको सचिवालयमा भेट गरी नेपालमा जलविद्युत, शिक्षा, पर्यटन, पूर्वाधार आदि क्षेत्रमा लगानी गर्न प्रतिनिधि मण्डलका सदस्य उत्सुक रहेको बताए । प्रतिनिधि मण्डलको स्वागत गर्दै परिसंघका उपाध्यक्ष अनुज कुमार अग्रवालले नेपालमा लगानीको प्रचुरतम संभावना रहेको, विगतमा पनि वैदेशिक लगानी राम्रो रही प्रतिफल रहेको आर्थिक सूचकांक समेत राम्रो रहेको र नियमनमा समेत समस्या नभएको हुँदा लगानी गर्न नेपाल उचित गन्तव्य रहेको बताउँदै यस सन्दर्भमा परिसंघले नेपालमा लगानी भित्र्याउन र संयुक्त साझेदारी आवश्यक परेमा त्यसको लागि समेत उपयुक्त लगानी साझेदारीको खोजी गर्न परिसंघले सहयोग गर्ने बताउनु भयो ।

व्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष एवं व्रिटिश कलेजका संस्थापक श्री राजेन कंडेलको नेतृत्वमा आएको उक्त प्रतिनिधि मण्डलमा विशेष गरी स्वास्थ, उर्जा, शिक्षा, पूर्वाधार र निर्माण क्षेत्रका उद्योगी व्यवसायी सम्मिलित छन् । प्रतिनिधि मण्डलले खासगरी भूकम्प पछिको पुनरउद्धार एवं निर्माण, पूर्वाधार, जलविद्युत, शिक्षा, स्वस्थ, पर्यटन लगायत अन्य संभाव्य लगानी क्षेत्रमा आफूहरु लगानी गर्न उत्सुक रहेको बताउँदै यो भ्रमण भविष्यमा लगानीको लागि वातावरण निर्माण गर्न र नेपाल र ब्रिटेन बीच द्विपक्षीय दौत्य सम्बन्ध स्थापना भएको २०० वर्षको उपलक्ष्यमा नेपालमा हुने तथा ब्रिटेनमा हुने कार्यक्रममा सहभागी भइ द्विपक्षीय लगानी, व्यापार र पर्यटन प्रवद्र्धन सहयोगी हुने कुरामा दुवै पक्ष विश्वस्त रहेको जानकारी गराइयो ।

सो अवसरमा परिसंघका उपाध्यक्षहरु निर्वाण चौधरी, विष्णु अग्रवाल र राष्ट्रिय परिषदका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

alt