गैह्र भन्सार अवरोध सम्बन्धी छलफल

गैह्र भन्सार अवरोध सम्बन्धी नीतिगत पैरवी गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघमा गठन गरिएको कार्यदलको  पहिलो वैठक चैत्र ११ गते परिसंघमा बसी कार्यदलको भावी कार्यक्रम बारे छलफल भएको छ । वैठकले विगतमा भएको Trade Portal, क्षेत्रीय व्यापार सहजीकरणका बारेमा छलफल एवं पूनरावलोकन गरी भावी दिनहरुमा गैह्र भन्सार अवरोधहरु हटाउनका लागि नीतिगत तहमा नै प्रभावकारी योगदान पु¥याउने उद्देश्यले देखिएका समस्याहरुको पहिचान, विश्लेषण र सम्बन्धीत कार्यमा सुझाव पेश गर्ने निर्णय गरेको छ । साथै Sanitary and Phyto Sanitary, Technical Barriers to Trade (TBT) को बारेमा बढी अध्ययन विश्लेषण हुने गरेकोमा आगामी दिनहरुमा ती अवरोध लगायत अन्य वस्तुको व्यापारमा अन्तर सार्क मुलुकहरु बीच देखिएको गैह्र भन्सार अवरोधका अन्य विषयमा समेत अध्ययन गर्नुपर्ने कुरामा वैठकले विशेष जोड दिएको छ । साथै यस कार्यमा कार्यक्रम दोहोरो नपर्ने गरि वाणिज्य मन्त्रालय अन्तर्गत सम्बन्धित शाखा सँग समेत समन्वय गर्न पनि निर्णय भएको छ ।

परिसंघका उपाध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा बसेको वैठकमा SAARC TPN का Focal Person, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, साना तथा घरेलु उद्योग महासंघका प्रतिनिधि, आर्थिक पत्रकार, नेपाल विकास मञ्च, SAWTEE का प्रतिनिधि समेतको सहभागिता रहेको थियो ।

alt