इजरायली राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता

इजरायली राजदुत यारोन मायेरको नेतृत्वमा आएको एक प्रतिनिधि मण्डल र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच मङ्गलबार परिसंघ सचिवालयमा भेटवार्ता भयो । सो वार्ता दुई देश बीचको आर्थिक संवन्ध विकास र विस्तारमा केन्द्रित थियो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले कृषिको व्यवसायिकरण र प्राविधिक विकासमा इजरायलले हाँसिल गरेको प्रगती विश्वमा नै उदाहरणीय भएको बताएका थिए । दुई तिहाइ जनसंख्या कृषिमा आश्रृत रहेको नेपालले इजरायलको कृषिको आधुनिकीकरणबाट सिक्नु पर्ने प्रसस्त अवसरहरु रहेको र नेपालले त्यहाँ हुने गोष्ठी, अवलोकन भ्रमण आदिबाट फाइदा लिनु पर्ने शर्माको भनाई थियो । पछिल्लो समय नेपालबाट अध्ययनका लागि इजरायल गएका विद्यार्थीहरुले त्यहाँबाट शीप सिकेर नेपालको कृषिलाई व्यवसायिक गर्नमा सहयोग पु¥याइरहेका उदाहरण प्रस्तुत गर्दै त्यसबाट नेपालले शिक्षा लिनुपर्ने बताए ।

अहिले दुई देश बीच कायम दौत्य सम्वन्धलाई थप विस्तार र सुदृधिकरण गर्न दुबै देशका व्यवसायिक संघ संस्थाहरुको विचमा आपसी सहकार्य आवश्यक भएको परिसंघ आवद्ध व्यवसायीहरुको भनाई थियो । त्यसका लागि इजरायली निजी क्षेत्रका व्यवसायिक संस्थाहरुसँग सहमती गरेर अगाडी बढ्न परिसंघ सदैव तयार रहेको अध्यक्ष शर्माको भनाई थियो ।

राजदुत मायेरले दुई देशविचको आपसी सम्वन्ध विस्तारमा आफु सदैब लागि परेको बताउनु भयो । यसलाई थप उचाईमा पु¥याउन र दुई देशका व्यवसायिक संस्थाहरु सँग मिलेर काम गर्न सहयोग गर्ने समेत उहाँको भनाई थियो । साथै निकट भविष्यमा परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा समेत इजरायलको पूर्वाधारसँग सम्बधित संघ÷संस्थाको सहभागिता र अनुभवको आदान प्रदानमा आफूले सक्दो सहयोग गर्ने धारणा राख्दै राजदूतले कृषिको प्राविधीकरण, व्यवसायीकरण र पशुजन्य व्यवसायको वृद्धिमा इजरायलले प्रविधिक सहयोग दिन तैयार रहेको समेत जानकारी गराएका थिए ।

सो अवसरमा परिसंका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

alt