“परिसंघमा परिचर्चा”को दोश्रो श्रृंखला सम्पन्न

आषाढ २१ गते भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरु क्रमशः शिशिर ढुङ्गाना तथा चुडामणि शर्माको उपस्थितिमा नेपाल उद्योग परिसंघको सचिवालयमा भन्सार तथा राजस्वसंग संबन्धित समसामयिक विषयमा छलफल भयो । परिसंघले हालै सुरुवात गरेको कार्यक्रम “परिसंघमा परिचर्चा”को दोश्रो श्रृंखला अन्तरगत सो छलफलको आयोजना गरिएको हो ।
छलफलमा परिसंघ आवद्ध उद्योग व्यवसायीहरुले वर्तमान कर प्रणालीमा रहेका समस्या र त्यसबाट उद्योग व्यवसायमा परेको प्रतिकूल प्रभावका विषयमा महानिर्देशकद्वयको ध्यानाकर्षण गरेका थिए ।
सो छलफलमा उठेका सम्पूर्ण विषयहरुलाई सकारात्मक रुपले ग्रहण गरेको जनाउदै महानिर्देशकद्वय ढुङ्गाना र शर्माले उद्यमी व्यवसायीहरुका गुनासाहरु समाधानमा आ–आफ्नो क्षेत्रबाट पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
छलफलका क्रममा परिसंघका अध्यक्ष हरिभक्त शर्माले उपयुक्त कर प्रणालीको कार्यान्वयनबाट देशमा औद्योगिकरणको विस्तार, कूल गार्हस्त उत्पादनको वृद्धि र रोजगारीका अवसरहरुको श्रृजना गर्न प्रभावकारी भूमिका खेल्ने तथ्यमाथि प्रकाश पार्नु भएको थियो ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा महानिर्देशकद्वयले विद्यमान ऐन कानून र सरकारको नीतिगत व्यवस्था अनुरुप छिटो छरितो र व्यवहारिक ढङ्गले उद्योगी व्यवसायीका समस्याहरु सम्बाधन गरिने धारणा राखेका थिए । भन्सार विभागका महानिर्देशक ढुङ्गानाले वैदेशिक व्यापारलाई व्यवस्थित गर्न हाल देखिएको ज्क् अयमभ (एच एस कोड)का समस्याहरुलाई सरलीकृत गर्दै लगिने, आवश्यकता अनुसार विराटनगर र भैरहवाको भन्सार कार्यालयको पूर्वाधार सुदृढीकरण गर्दै लगिने र उद्योगीहरुका कार्यान्वयनगत तहका समस्यहरुलाई क्रमशः सम्बोधन गरिने जानकारी गराएका थिए । यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक शर्माले “विधि, वातावरण, व्यवहार तथा विवेक” को ४ “व”को सूत्र सरकार र निजी क्षेत्र दुवै पक्षले अनुसरण गर्न सके सुस्त अर्थतन्त्रमा गतिशीलता आउने कुरामा जोड दिएका थिए ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माको अध्यक्षतामा आयोजित सो छलफलमा परिसंघका उपाध्यक्षहरु, गभर्निङ काउन्सिल सदस्यहरु, राष्ट्रिय परिषद सदस्यहरु तथा सदस्य उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

alt