परिसंघका अध्यक्ष लगानी बोर्डमा मनोनित

alt

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा मनोनित हुनुभएको छ । लगानी बोर्डको हालै बसेको बैठकबाट उहाँ उक्त बोर्डको सदस्यमा नियुक्त हुनुभएको जानकारी परिसंघमा प्राप्त भएको छ ।
परिसंघका अध्यक्ष शर्मा व्यवसायिक रुपले उद्योगपति भएपनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्ठिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन भएका प्राज्ञिक व्यक्तित्व पनि हुनुहुन्छ । उक्त बोर्डमा अध्यक्ष शर्माको प्रतिनिधित्वबाट निजी क्षेत्रको प्रवद्र्धन, प्रत्यक्ष बैदेशिक लगानीको आकर्षण, मुलुकको पूर्वाधार विकास र विस्तारमा थप सहयोग पुग्ने विश्वास परिसंघको रहेको छ ।