प्रधानमन्त्रीसँग परिसंघका प्रतिनिधि मण्डलको भेट

नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले आइतबार बिहान नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उहाँको सरकारी निवास बालुवाटारमा भेट गरी हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्‍यो ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको उद्यमीहरुको उक्त समूहले महाभूकम्प, नाकाबन्दी र मधेश आन्दोलनबाट जर्जर भएको अर्थतन्त्रको सुधारका लागि सरकारले ध्यान दिन पर्ने विविध पक्षमा जानकारी गराएको थियो । सो अवसरमा परिसंघले चालु आ.व.को वजेटले लक्ष्य गरे अनुरुप ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सरकारले पूँजीगत खर्च वृद्धि गर्ने, पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने, व्यापार घाटा न्यून गर्ने, आधारभूत तहका जनतासमक्ष रोजगारीका अवसरहरु सृजना गर्ने एवं महाभूकम्पबाट अति प्रभावित १४ जिल्लामा पुननिर्माण, नवनिर्माण र आवास निर्माणमा उच्च प्राथमिकता दिनु पर्ने नीतिगत सुझावहरु प्रस्तुत थियो ।
छलफलको क्रममा प्रधानमन्त्री प्रचण्डले आर्थिक सुधारका कार्यहरु गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने सरकारको नीति यथावत कायम रहेको जानकारी दिनु भयो । सोही नीति अनुरुप यस सरकारले पनि परिसंघ जस्ता निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता दोहोर्‍याउनु भयो ।

alt