अर्थमन्त्री तथा उद्योग परिसंघका पदाधिकारी बीच भेटवार्ता

नवनियुक्त अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले मन्त्रालयको कार्यकक्षमा भेटगरी बधाइ ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्‍यो ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले हाल अर्थव्यवस्थामा न्यून पूँजीगत खर्च, उच्च मुद्रास्फीति दर, डरलाग्दो व्यापार घाटा र न्यून आर्थिक वृद्धिजस्ता संरचनात्मक जटिलता रहेकाले यी क्षेत्रमा मन्त्रालयले ध्यान दिनु पर्ने धारणा प्रस्तुत गर्‍यो । साथै अध्यक्ष शर्माले मुलुकको औद्योगिक तथा व्यववसायिक क्षेत्रसँग सम्बन्त्रित महत्वपूर्ण एवं नियमहरु ज्तिसक्दो चाँडो संसदबाट पारित गर्ने र एण्टी डम्पिङ तथा काउन्टर भेलिङ जस्ता नयाँ ऐनहरु निर्माण अपरिहार्य रहेको बताउनु भयो ।
सो अवसरमा अर्थमन्त्री महराले मुलुकमा लगानीमैत्री वातावरण सृजना गर्न, औद्योगिक क्षेत्रका चुनौतिहरु व्यवस्थापन गर्न, गार्हस्थ बचत बढाउँदै लैजान, सेवा क्षेत्रको प्रवद्र्धन गर्न एवं आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न निजी क्षेत्रसँग हातेमालो गरी सरकारले थप नीतिगत सुधार गर्ने जानकारी दिनु भयो ।

alt