विशेष आर्थिक क्षेत्र (सेज) ऐन उद्योग क्षेत्रमा सकारात्मक सन्देश


लामो समयको प्रतिक्षा पछि व्यवस्थापिका संसदबाट विशेष आर्थिक क्षेत्र (सेज) ऐन पारित भएको छ । सेजको स्थापना, सञ्चालन र व्यवस्थापनको कानुनी आधार बनाउने मुख्य उद्देश्यले निजी क्षेत्रको आग्रहमा ढीलै भएपनि आएको उक्त ऐनले उद्योग क्षेत्र स्थापनामा नयाँ सञ्चार र उत्साह पैदा भएको नेपाल उद्योग परिसंघले महशूस गरेको छ । यस ऐनको व्यवस्थाबाट विशेष आर्थिक क्षेत्र (सेज) स्थापनामा नयाँ बाटो खोलेको छ भने यसले उद्योग लगानीका क्षेत्रमा सकारात्मक सन्देश गएको र आर्थिक विकासको लागि महत्वपूर्ण थालनी भएको विश्वास पनि परिसंघले लिएको छ ।