Noice of Workshop on IMC

प्रतिस्पर्धात्मक व्यवसायिक वातावरणमा ग्राहकसमक्ष कम्पनीको ब्राण्ड स्थापित गर्नु अति जरुरी हुन्छ । नेपालको व्यवसायिक जगतमा ब्राण्डिङ्ग सहितको मार्केटिङ्ग कौशलताको प्रयोग तुलनात्मक रुपमा न्यून हुने गरेको छ । त्यसैले व्यवसाय प्रवर्धनका लागि ब्राण्डिङ्ग सहितको मार्केटिङ्ग कौशलता सम्बन्धमा परिसंघको Center for Industrial Excellence द्वारा Branding and Integrated Marketing Communication शीर्षकको कार्यशाला गोष्ठी आयोजना हुन लागेको कुरा सहर्ष जानकारी गराउँदछौ । तसर्थ परिसंघका सदस्य प्रतिष्ठान वा अन्य इच्छुक सम्पूर्णमा आवेदन आह्वान गरिन्छ । (आवेदन फारामका लागि यहाँ क्लिक गर्नु होस ।)
तालिममा सहभागीहरुको संख्या सीमित रहेको र पहिला आवेदन गर्नेलाई प्राथमिकता दिइने भएकोले आफ्नो स्थान शीघ्र सुरक्षित गर्न समेत अनुरोध छ ।
भारतका Marketing तथा Branding विषयका विज्ञहरुद्वारा संचालन गरिने यस कार्यशाला गोष्ठीमा नेपालका प्रमुख व्यावसायिक घरानाहरुका उच्चस्तरीय¸ मध्यमस्तरीय तथा कार्यगत तहका व्यवस्थापकहरुको सहभागीताको अपेक्षा गरिएको छ । (कार्यशाला गोष्ठीको ब्रोसरका लागि यहाँ क्लिक गर्नु होस ।)
कार्यशाला गोष्ठी निम्न मिति¸ समय तथा स्थानमा संचालन हुने छ ।

मितिः २०७३ असोज ७, ८ र ९ (September 23, 24 and 25, 2016)
समयः बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
स्थानः होटल समिट, सानेपा, ललितपुर ।

कार्यशाला गोष्ठीको शुल्क
परिसंघको सदस्य प्रतिष्ठानका लागि प्रति व्यक्ति रु. १२,०००
परिसंघका सदस्य वाहेकका प्रतिष्ठानका लागि प्रति व्यक्ति रु. १५¸०००

सचिवालयमा सम्पर्क व्यक्ति
रमेश दाहाल¸ निर्देशक (९८५१२२८४५१)
राजीव मजगैयाँ¸ उपनिर्देशक (९८५१२१५५६५)

भवदीय,

मेघनाथ न्यौपाने
महानिर्देशक