प्रधानमन्त्रीको भातर भ्रमणमा परिसंघको प्रतिनिधि मण्डल सम्मिलित

भारतीय मन्त्रीहरु एवं समकक्षीहरुवीच भेटवार्ता हुने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोलीमा परिसंघको प्रतिनिधि मण्डल समेत सम्मिलित भएको छ । प्रतिनिधि मण्डलले भ्रमण टोलीको सदस्यका हैसियतले दुई मुलुक विच व्यापार तथा लगानी अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न औपचारिक एवं अनौपचारिक छलफल, गोष्ठि, अवलोकन भ्रमणमा भाग लिने छ ।
परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा सम्मिलित उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा उपाध्यक्षहरु सतिष कुमार मोर, विष्णुकुमार अग्रवाल, निवार्ण चौधरी र कृष्णप्रसाद अधिकारी सम्मिलित रहेका छन् ।
यसै क्रममा परिसंघको प्रतिनिधि मण्डलले भाद्र ३० गते नै भारतका रेलवे मन्त्री सुरेश प्रभुसंग भेटी द्विपक्षिय सम्बन्ध विस्तार एवं नेपालमा रेलवे क्षेत्रको विस्तार एवं सहजिकरणका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधि मण्डलले भारतका उर्जा मन्त्री पिउष गोयलसंग भेट गरी दुई देश वीचको उर्जा विकासका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ ।
यसै गरी एसोसिएटेड चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि अफ इन्डीया (ASSOCHAM) ले प्रधानमन्त्रीको सम्मानमा अयोजना गर्ने दुवै देशका व्यापारिक प्रतिनिधिहरु सम्मिलित संयुक्त व्यावसायिक वैठकमा परिसंघको प्रतिनिधि मण्डल समेत सहभागी हुने छ ।
यस अलावा परिसंघको प्रतिनिधिमण्डलले फिक्कि (FICCI), सिआइआइ (CII) तथा एसोचेम (ASSOCHAM) का पदाधिकारीसंग अलग अगल भेट गरि दुई पक्षिय आर्थिक सम्बन्ध विस्तार एवं भारतीय लगानी कर्ताको लागि नेपाललाई लगानी गन्तब्यको रुपमा पहिचान गराउने उद्देश्यले छलफल गर्ने भएको छ ।
प्रधानमन्त्रीको भारतको भ्रमण राजनीतिक हिसावले मात्र नभई द्विपक्षिय व्यापार, लगानी र आर्थिक समझदारी वृद्धिमा फलदायी हुने विश्वास परिसंघले लिएको छ ।