श्रीलंकन राजदूत र परिसंघ पदाधिकारी विच भेटवार्ता

द्धिपक्षीय व्यापार र पर्यटन प्रवद्र्धन दुबै देशको हितमा : डब्ल्यू एस पेरेरा  
नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू एस पेरेराले मङगलवार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग सद्भावना भेट गर्नुभयो । परिसंघ सचिवालय थापाथलीमा भएको छलफल दुई देश बीच दौत्य सम्वन्ध स्थापनाको ६० वर्ष पुगेको विशेष अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रम र आर्थिक तथा व्यवसायिक संवन्ध विस्तारमा केन्द्रित थियो ।  
परिसंघका अध्यक्ष हरिभक्त शर्माले दुई देश विचको आर्थिक तथा सामाजिक सम्वन्ध सदिऔं पुरानो भएकाले यसलाई बदलिदो परिस्थीतिमा सरकारका साथै नीजि क्षेत्रको पहलमा नयाँ उचाईमा पु¥याउनु पर्ने बताए । श्रीलंका र नेपाल राजनीतिक अस्थिरता र आन्तरिक द्धन्द्ध व्यवस्थापनमार्फत आर्थिक रुपान्तरणको दिशामा अगाडी बढेकाले दुबैलाई अस्थिरताको लागत र आर्थिक संमृद्धिको महत्व राम्रोसँग थाहा भएको शर्माको भनाई थियो । ‘द्धन्द्ध व्यवस्थापनमार्फत शान्ती स्थापनापछि उच्च आर्थिक वृद्धिसहित समृद्धि हासिल गरिरहेको श्रीलंकाबाट नेपालले सिक्नु पर्छ,’ शर्माले भने ।
आर्थिक कुटनीतिमार्फत दुई देशविच लगानी, व्यापार र पर्यटन विस्तारमा जोड दिनु पर्ने राजदुत पेरेराको भनाई थियो । श्रीलंकाका केही क्षेत्रमा नेपाली उद्यमीको लगानी भए पनि नेपालमा श्रीलंकन लगानी खासै विस्तार हुन नसकेको उनले बताइन । ‘आगामी दिनमा जलविद्युत, पूर्वाधार निर्माण र पर्यटन उद्योगमा लगानी विस्तारका लागि मेरो प्रयास रहनेछ,’ राजदुत पेरेराले भनिन्, ‘त्यसका लागि परिसंघ जस्ता दुबै देशका व्यवसायिक प्रतिनिधि संस्थाको सहयोग अपरिहार्य हुन्छ ।’ भगवान बुद्धको जन्मभुमी नेपाल श्रीलंकाका लागि अहम् आस्थाको केन्द्र भएकाले दुई देशविच शिधा हवाई सम्पर्क विस्तार महत्वपूर्ण हुने उनले बताईन् ।
परिसंघको राष्ट्रिय परिषद सदस्य तथा ऊर्जा विकास परिषदका संयोजक गुरु प्रसाद न्यौपानेले राजदूतावासको पहलमा श्रीलंका र नेपाली व्यवसायीहरुका प्रतिनीधि मण्डल आदान प्रदान गर्न परिसंघ इच्छुक रहेको वताए । परिसंघले आगामी फागुनमा आयोजना गर्न गइरहेको पूर्वाधार शिखर सम्मेलन २०१७ श्रीलंकाबाट उच्चस्तरीय प्रतिनिधि मण्डल ल्याउन दुतावासले समन्वय गर्न सक्ने धारणा राखे ।
राजदुत पेरेराले दुई देशविचको आपसी सम्वन्ध विस्तार गर्न र आपसी सहकार्यका क्षेत्र पहिल्याउनका लागि आफु सदैव तत्पर रहने बताइन् । सो अवसरमा परिसंघ पदाधिकारीहरुको साथै गभर्निङ काउन्सिल र राष्ट्रिय काउन्सिलका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

alt

alt