श्रम ऐन र सामाजिक सुरक्षा ऐन असल श्रम सम्बन्ध विस्तारमा सहयोगी हुने विस्वास

–परिसंघ
 
व्यवस्थापिका संसदले श्रम ऐन र सामाजिक सुरक्षा ऐन हालै पारित गरेको छ । मुलुकको आर्थिक समृद्धीको लागि रोजगारदाता र श्रमिकबीचको सुमधुर सम्बन्ध अपरिहार्य हुँदा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध नीतिलाई समेत मनन गरी रोजगारदाता र श्रमिक बीचको अशल श्रम सम्वन्धको विकास गरी राष्ट्रिय उत्पादकत्व अभिवृद्धी गर्न विद्यमान श्रम सम्वन्धि कानूनलाई संसोधन र एकिकरण गर्न धेरै वर्षदेखि आवश्यकता महशुस गरिएको थियो । यस उद्देश्य अनुरुप ट्रेड यूनियनहरु, परिसंघ सहितको रोजगारदाता संघ संस्थाहरु र नेपाल सरकारका प्रतिनिधीहरु समेतको सहभागितामा करिव १ दशक अघि देखि नै दुबै ऐनका मस्यौदाहरुमा द्विपक्षिय एवं त्रिपक्षिय सम्बादको माध्यमबाट छलफल गरि मस्यौदालाई अघि बढाईएको थियो । व्यवस्थापकको लागि श्रमको लचकता र श्रमिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था सहितको माग अनुरुप उपरोक्त ऐनहरुको मस्यौदा तयार गरि २०७२ सालमा नेपाल सरकार समक्ष पेश गरिएकोमा उक्त मस्यौदाहरुमा केहि परिमार्जन सहित संसदबाट पारित भएकोमा नेपाल उद्योग परिसंघ, स्वयं र रोजगारदाताहरुको तर्फबाट व्यवस्थापिका संसद तथा नेपाल सरकार प्रति हार्दिक धन्यवाद  ज्ञापन गर्दै उक्त ऐनहरुको स्वागत समेत गर्दछ ।
प्रस्तुत ऐनहरु विशेषतः श्रमिक र रोजगारदाताहरुको विचको आपसि सहमतिमा आएको पृष्ठभूमिमा विशेष महत्वको छ । जुन दक्षिण एसियामा द्विपक्षीय सहमति र समझदारीको एक राम्रो उदाहरण भएको र यसले असल श्रम संबन्धको विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास सहित आगामी दिनहरुमा रोजगारदाता र श्रमिक विचको सम्वन्ध थप सुदृढ हुनेछ भन्ने कुरामा परिसंघ विश्वास गर्दछ । साथै श्रम ऐन तथा सामाजिक सुरक्षा कोष ऐनबाट हाल सम्वोधन हुन नसकेका रोजगारदाताका अपेक्षाहरु आगामि दिनहरुमा संसोधन तथा परिमार्जन भई सम्बोधन हुंदै जाने छ भन्ने कुरामा परिसंघ विश्वस्त छ ।
श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐनको सफल कार्यान्वयनको लागी सम्वद्ध पक्षहरुसंगको सहकार्यमा यथासिघ्र नियमावलीहरुको तर्जुमा गर्न तथा रोजगारदाता तथा श्रमिक विचको असल श्रम सम्वन्ध विकासमा महत्वपुर्ण भूमिका रहने ट्रेड यूनियन ऐन तथा वोनश ऐन लगायतका ऐनहरु समेत यथासिघ्र संशोधन भई संसदमा पेश गरि पारित गर्नु पर्ने परिसंघको धारणा रहेको छ । 
कानूनकोे सफल कार्यान्वयनको लागी सरकार तथा सम्वद्ध पक्षहरुको ईमान्दारिता र सकारात्मक भूमिका महत्वपुर्ण रहने भएकोले श्रम ऐन र सामाजिक सुरक्षा कोष ऐनको सफल कार्यान्वयन एवं अशल श्रम सम्वन्ध विकासको लागि रोजगारदाता, ट्रेड यूनियन, राजनीतिक दल र सरकारको ईमान्दारिता तथा सकारात्मक भूमिकाको लागि परिसंघ हार्दिक अपिल गर्दछ ।