प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा परिसंघको प्रतिनिधि मण्डल विभिन्न कार्यक्रममा संलग्न

प्रधानमन्त्री शेरबहादुर देउवा साथ भाद्र ७ गते भारत भ्रमणमा गएको परिसंघको प्रतिनिधि मण्डल विभिन्न कार्यक्रममा संलग्न भएको छ । नेपाल भारत विच विद्यमान आर्थिक र उद्योग व्यवसायको सम्बन्धलाई थप समझदारीपूर्ण एवं भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरु, नेपालको निजी क्षेत्र बीचको सम्बन्धलाई र सहयोगलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका संस्थाहरु आयोजना गरिएको स्वागत कार्यक्रममा परिसंघको प्रतिनिधि मण्डलका सदस्यहरु समेत सहभागी भइ भारतको एशोचेमको संयोजकत्वमा ताज होटलमा आयोजित विशेष कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं एशोचेम (ASSOCHAM) नेपाल च्याप्टरका सभापति निर्वाण चौधरीले स्वागत मन्तव्य सहित नेपाल भारत आर्थिक एवं व्यापारिक सम्बन्ध बारेमा आफ्नो धारणा प्रस्तुत गर्नु भयो ।
सम्माननीय प्रधानमन्त्री प्रमुख अतिथि हुनुभएको तथा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याँस सम्बन्धी राज्यमन्त्रीका साथै फिक्कीका उपाध्यक्ष, सि आइ आइ का आर्थिक गतविधि सम्बन्धी परिषदका सभापति एवं अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति भएको उक्त समारोहमा उपाध्यक्ष चौधरीले नेपालले अघिल्लो आर्थिक वर्षमा ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको तथा यस्तो उच्च आर्थिक वृद्धि २०४६ को जनआन्दोलन पछिको सरकारले ल्याएको पहिलो चरणको आर्थिक सुधारका बेलामा मात्रै भएको उल्लेख गर्नु भयो उहाँले प्रधानमन्त्रीको यस भ्रमणले नेपाल भारत बीचको आर्थिक विकासमा व्यवसायमैत्री थप अनुकूल वातावरण श्रृजना हुने विचार सहित यस क्रममा परिसंघले नेपालमा चाडै लगानी सम्मेलन गर्ने कार्यक्रम भएको जानकारी समेत दिनु भयो ।
यसैगरी भ्रमण कार्यक्रमको दोस्रो दिन भाद्र ८ गते पि एच डि चेम्बरमा केही महिना अघि भारतले लागू गरेको वस्तु तथा सेवा सम्बन्धी कर (GST) सम्बन्धी छलफल कार्यक्रममा परिसंघको प्रतिनिधि मण्डल सहभागि भएको थियो ।
सो कार्यक्रमपछि आयोजित एक विशेष समारोहका बीच परिसंघ र पि एच डि चेम्बर बीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । प्रधानमन्त्रीको सम्मानमा नेपाली दूतावासमा भाद्र ८ गते साँझ आयोजना गरिएको स्वागत समारोहबीच उक्त समझदारी पत्रको आदान प्रदान सम्पन्न हुने कार्यक्रम छ । उक्त समझदारी पत्रमा परिसंघको तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र पि एच डि चेम्बरको तर्फबाट उक्त संस्थाका अध्यक्ष गोपाल जीवराज्काले हस्ताक्षेर गर्नुभएको छ ।
 
CNIVPMr.NirvanaChaudharyaddressingBusinessForumorganizedbyFICCI,CIIandASSOCHAMinthepresenceofRt.HonblePMofNepal
(नेपालका प्रधान मन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नु हुदै परिसंघका उपाध्यक्ष निर्वाण चौधरी)
 
CNIVPMr.NirvanaChaudharyandPHDChamberPresidentMr.GopalJiwarajkaaftersigningMoUatPHDHouse
(भारतीय पिएचडि चेम्बरस‌ंग परिस‌ंघको सहकार्यको सम्झौता गरेपछि त्यस चेम्बरका अध्यक्ष गोपाल जीवराज्काका साथ परिसंघका उपाध्यक्ष निर्वाण चौधरी)