उत्तरपूर्वी एशियाका च्याम्बरका प्रतिनिधिहरुको गोष्ठीमा परिसंघको सहभागिता

मित्रराष्ट्र चीनको लगानी तथा व्यापार प्रवद्र्धन परिपाद् (CCPIT) ले यही भाद्र १६ र १७ गते २०७४ (1st-2nd September 2017) सम्म चीनको चेन्दु प्रान्तको जिलिनमा आयोजना गरेको उत्तरपर्वी एशियाका चेम्बरको बैठकमा भाग लिन नेपाल उद्योग परिसंघको तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र परिसंघका राष्ट्रिय परिषद्का सदस्य एवं परिसंघ युवा उद्यमी परिषदका संयोजक रोहित गुप्ता चीन तर्फ जानु भएको छ ।
रुस, चीन, नेपाल, जापान, दक्षिण कोरिया र मलेसियाका उद्योग वाणिज्य संघहरुको वरिष्ठ प्रतिनिधिहरुको सहभागिता रहने उक्त गोष्ठिमा चीन सरकारद्वारा अघि सारिएको “वान बेल्ट वान रोड” को योजना र “क्षेत्रीयस्तरमा कनेक्टिभिटीको प्रवद्र्धन” गरी दुई विषयमा विस्तृत छलफल हुने उक्त गोष्ठीमा उपाध्यक्ष चौधरीले उत्तरपूर्वी एशियाका मुलुकहरुबीचको “आर्थिक व्यापारिक सम्बन्ध एवं वान वेल्ट वान रोड” विषयमा नेपालको निजी क्षेत्रको अवधारणा प्रस्तुत गर्नु हुने कार्यक्रम छ । यसैगरी उक्त अवसरमा परिसंघ र चीनको लगानी तथा व्यापार प्रवद्र्धन परिषद् (CCPIT) बीच समझदारी पत्र (MoU) मा समेत हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
मित्र राष्ट्र चीनको चेन्दु प्रान्तीय सरकार तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार परिषद्, समेतद्वारा संयोजन गरिएको उक्त गोष्ठीले क्षेत्रीय स्तरका निजी क्षेत्रका च्याम्बरहरु बीचको सहकार्यलाई बढाउदै लाने विश्वास लिइएको छ ।