नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली हानी गरिएको हत्याप्रति परिसंघको घोर भत्र्सना

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज असोज २३ गते दिन दहाडै गोली हानी हत्या गरिएको खबरबाट नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ मर्माहत भएको छ । यस प्रकारको अमानविय र कायरतापूर्ण कार्यप्रति परिसंघ घोर भत्र्सना तथा आपत्ति प्रकट गर्दछ ।

देश क्रमशः राजनितिक स्थायित्व तर्फ गईरहेको र व्यवसायले प्राथमिकता पाउदै गरेको अवस्थामा राजधानीको व्यस्त स्थानमा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुनः त्रास र संसयको  अवस्था श्रृजना भएको छ । यस प्रकारको अमानविय कार्यले मुलुकमा विस्तारै बन्दै गरेको लगानीको वातावरणमा समेत नकारात्मक असर पु¥याउने परिसंघको ठहर छ ।

तसर्थ यस निन्दनिय कार्यको तत्काल छानविन भई हत्यारा तथा हत्यामा संलग्नलाई अविलम्ब पहिचान गरी हदै सम्मको कारबाही हुन जरुरी छ । साथै देशको अर्थतन्त्रलाई टेवा पुर्‍याउने उद्योगी तथा व्यवसायीहरुको पूर्ण सुरक्षाको प्रत्याभूती गर्न परिसंघ सरकार समक्ष जोडदार माग गर्दछ ।