राजनीतिक संक्रमणकालको अन्त्य र आर्थिक विकासको नयाँ युग सुरु

विगत दुई दशक देखिको राजनैतिक संक्रमणकालको अन्त्यगर्दै  नयाँ नेपालको संविधान २०७२ बमोजिम प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ । संविधानको कार्यान्वयनको सन्दर्भमा शान्तिपूर्ण वातावरणमा यो निर्वाचन सम्पन्न भएकोमा नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघ नेपाल सरकार, निर्वाचन आयोग, सबै राजनीतिक दलहरु तथा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छ । संविधान बमोजिम संघीय प्रतिनिधि सभा, प्रदेश सभा  र स्थानिय निकायको निर्बाचन कार्य सम्पन्न भएकोले संघीयता कार्यान्वयनको जटिल प्रक्रिया सफल भएको छ ।  
यी निर्वानपछि नेपालको राजनीतिक संक्रमणकालको अन्त्य भइ नेपालमा स्थायी सरकारको निमार्ण हुने विश्वास समेत परिसंघ व्यक्त गर्न चाहन्छ । नेपालका राजनीतिक दलहरुबीच हुने सहमती तथा सहकार्य बाट देशमा अत्याबश्यक रहेको आर्थिक र औद्योगीक विकास छिटो हांसिल गर्न संभब हुने भएकोले भविष्यमा समेत दलहरुले सहकार्य गरि नेपालको संक्रमणकालको अन्त्य संगै राजनीतिक स्थिरता समेत आउने परिसंघको अपेक्षा छ । यस निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य र नेपालको आर्थिक विकासमा नयाँ सम्भावनाका धेरै बाटाहरु खोल्दै आर्थिक विकासको नयां युग सुरुगर्ने परिसंघको विश्वास छ । नेपालको आर्थिक संवृद्धि तथा विकासका लागि सवै राजनीतिक दलहरुले आर्थिक मुद्दामा साझा धारणा बनाउनु जरुरी छ भने अब बन्ने सरकारहरुले लगानी प्रवद्र्धन गर्न व्यापक नीतिगत सुधार गर्नु पर्ने छ । 
संक्रमणकालको अन्त्य संगै राज्यले सुशासन, विकास तथा आर्थिक संवृद्धिका विषयमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने वातावरण तयार भएको छ । निर्वाचन द्वारा सम्पूर्ण निकायहरुको प्राप्तिसंगै विगत देखि नै राजनैतिक दलहरुले गर्दै आएको आर्थिक संवृद्धिका बाचाहरु पुरा गर्ने समय आएको । परिसंघको १४औ वार्षिक साधारण सभामा प्रमुख तिन दलका शिर्षस्थ नेताहरुले एकै मन्चबाट अब आर्थिक संवृद्धिको पालो आएको घोषणा गर्दै यसलाई बाधा पुर्‍याउने ऐन कानून तथा नीति नियमहरु समेत परिवर्तन गर्न आफूहरु पछि नपर्ने प्रतिवद्धता व्यक्त गरेको संस्मरण गर्दै परिसंघ आउने दिनमा राजनैतिक दलहरुले लगानिको वातावरण तयारगर्ने नेपाल उद्योग परिसंघको अपेक्षा छ । अब बन्ने नयाँ सरकारले यस तर्फ समेत पर्याप्त ध्यान दिनु पर्ने परिसंघको अनुरोध छ । 
सम्पूर्ण राजनीतिक दलहरुले आ–आफ्ना घोषणा पत्रमा आर्थिक तथा विकासका मुद्दालाई महत्व दिएका छन्, त्यसमा सबै अडिग भई त्यसै अनुरुपनै विकासको नयां आयाम ल्याउन सबै राजनीतिक दलहरुले  आफ्ना गतिविधिहरु अघि बढाउनेमा परिसंघ विश्वस्त छ । नेपाल नयाँ संघीय संरचना जादै गरेको परिप्रेक्षमा सम्पूर्ण संरचनाको निमार्ण तथा निर्वाध संचालनका लागि निकै ठूलो आर्थिक गतिविधिको आवश्यक पर्ने निश्चित छ । यस्मा निजी क्षेत्रको निकै ठूलो भूमिका रहने परिसंघको बुझाई छ । यस कारण अब बन्ने सरकारले निजी क्षेत्रमैत्रि तथा लगानी प्रवद्र्धन गर्नेतर्फ प्रयाप्त ध्यान दिन परिसंघको अनुरोध छ । 
हामि आशाबादि र उत्साहित छौ  !!!