आगामी सरकारले बाह्य र आन्तरिक लगानीलाई सुनिश्चितता दिने

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी वृद्धिबाट नै मुलुकमा आर्थिक एवं व्यवसायिक विकास सम्भव भएकाले अब बन्ने सरकारले बाह्य र आन्तरिक दुबै लगानीलाई समान अवसर र वातावरणको सुनिश्चितता गर्ने विचार व्यक्त गर्नु भएको छ ।
पौष २ गते बालकोट स्थित आफ्नै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाई दिन  गएको नेपाल उद्योग परिसंघ (CNI) को प्रतिनिधि मण्डलसँगको भेतटवार्ताका अवसरमा उहाँले यस्तो धारणा राख्नु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो “संयुक्त राष्ट्र संघको दिगो विकास आर्थिक लक्ष्य २०३०” को मुख्य उद्देश्य मध्ये उत्पादन वृद्धिको माध्यमबाट मुलुकमा गरिबी हटोस र भोक भोकै कोही पनि बस्न नपरोस् भन्ने निश्चितताका लागि आगामी सरकारले निजी क्षेत्रसँग नजिकको सम्बन्ध स्थापना गरी व्यवसाय प्रवद्र्धन, स्वदेशमै रोजगारी वृद्धिका ठोस कार्यक्रम र नीति सहित अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “अब पूरानो अवधारणाबाट मुलुक चल्दैन । हामीले अब अरुको बजार र उपभोक्ता मात्र नभएर आफ्नै बजारको अबधारणामा काम गर्नु पर्छ । अब आधुनिक र समय सापेक्ष प्रविधि विकासको विकल्प नभएको वस्तुस्थितिमा निजी क्षेत्रले यसमा के गर्नु पर्दछ र सरकारले कस्तो वातावरण र सुविधा दिन आवश्यक हुन्छ यसमा कस्तो नीतिगत व्यवस्था हुनु पर्दछ निजी क्षेत्रले स्पष्ट धारणा ल्याउनु पर्दछ ।”
अध्यक्ष ओलीले भन्नुभयो “मुलुकलाई सम्पन्न पार्न पूँजी महत्वपूर्ण भएको यथार्थतामा यसको श्रृजना र भएको पूँजीलाई लगानी गर्न सुनिश्चितता हुनु पर्दछ तर अहिले वित्तिय क्षेत्रमा भएको पूँजीको लगानी एकातिर अनुत्पादक क्षेत्रमा थोरै व्याजमा लगानी गर्ने परिपाटी छ भने अर्कोतिर उत्पादक मुलक क्षेत्रको लगानी भने धेरै व्याज लिने प्रचलन छ । साथै सम्पत्ति सुद्धिकरणको नीतिलाई पनि सुधार गरी प्रयोग नभएको पूँजीलाई उत्पादन क्षेत्रमा लगानी गर्ने वातारणको खाँचो छ । बैँकहरुले ऐले धरौटीमा मात्र कर्जा दिने परिपाटीलाई परिवर्तन गरी प्रोजेक्ट (परियोजना) लाई आधार मानी कर्जा दिने परिपाटी बनाउनु पर्दछ जसबाट व्यवसाय र रोजगारी दुवै विकास हुन्छ ।”
उक्त अवसरमा अध्यक्ष ओलीले भन्नुभयो “वाम गठबन्धनमा लगानी प्रतिकूल हुन्छ भन्ने प्रचार गलत हो । हामी उदार अर्थनीतिको पक्षधर हौँ । विकास गर्ने ठोस ढाँचा र योजनासँगै हामी आएका छौँ । आगामी सरकार निजी क्षेत्रमैत्री हुन्छ । हामीलाई अहिले ठूलो अवसर छ, यसमा हामी प्रतिवद्ध छौँ ।”
उक्त अवसरमा अध्यक्ष ओलीलाई निजी क्षेत्र र नेपाल उद्योग परिसंघको तर्फबाट बधाई ज्ञापन गर्नुहुँदै परिसंघका अध्यक्ष हरिभक्त शर्माले करिव एक शताब्दिपछि मुलुकलाई रुपान्तरण सहित अर्को तहको विकास 
(ल्भहत ीभखभ िम्भखभयिऊभलत) मा पुर्‍याउने अवसर आगामी सरकारलाई प्राप्त भएको उल्लेख गर्नु हुँदै निजी क्षेत्रलाई उत्पादनशील ढंगले अर्थतन्त्रमा सक्रिय गराउन (क) विधिको शासन (ख) प्रभावकारी सुशासनको प्रवद्र्धन र (ग) नीतिगत स्थायित्वको आवश्यकता रहेको र यी तीनवटै उद्देश्य हाँसिल गर्न आगामी सरकारले हाल देशमा विद्यमान रहेका निकै पूराना भइ सकेका ऐन कानून र तीनमा भएका अमूर्त, अस्पष्ट, विरोधाभाषपूर्ण र अप्रासंगिक प्रावधानहरुको संशोधन, परिमार्जन वा खारेज हुनु पर्ने माग गर्नु भएको थियो ।
प्रतिनिधि मण्डलमा परिसंघका कार्यकारी समितिका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
alt
 
alt