परिसंघ तथा पिएचडी चेम्बर बीच छलफल

३० जेठ, २०७५, परिसंघ तथा भारतको पिएचडि चेम्बर प्रतिनिधि बीच आज परिसंघको सचिवायलमा भेटघाट तथा छलफल सम्पन्न भएको छ ।
सो भेटघाट तथा छलफलका अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले हाल नेपालले स्थिर सरकार प्राप्त गरे पश्चात निजी क्षेत्र तथा लगानीकर्ताको लागि प्रसस्त अवसरहरु प्राप्त भएको कुरा व्यक्त गर्नु भयो । भारत नेपालको छिमेकी तथा ठूलो व्यापारिक साझेदार भएकोले नेपाली निजी क्षेत्रले त्यहाँका लगानीकर्तासंग ठुलै अपेक्षा गरेको बताए । नेपालको भारतसंगको बढ्दो व्यापार घाटालाई समेत भारतीय लगानीमा यहाँ ठूला परियोजनाहरु स्थापना गरी भारत तथा तेश्रो मुलुक तर्फ निर्यात बढाई कम गर्न सकिने तर्फ उहाँको सुझाव रहेको थियो । यसका लागि परिसंघ, पिएचडि चेम्बर जस्ता संस्थाहरु सहकार्य गरी अगाडि बढ्नु पर्ने धारण उहाँले व्यक्त गर्नु भएको थियो ।
नेपाल भारत बीचको वर्तमान व्यापारिक सन्धिको मर्म विपरित भारतिय पक्षबाट बेला बखत गैह्र भन्सार अवरोधहरु श्रृजना गरि नेपालको भारत तर्फको निर्यातलाई अवरोध हुने गरेको छ । यस्ता विषयहरुमा समेत हाम्रा परिसंघ तथा पिएचडि जस्ता संस्थाहरुले सहकार्य गरि दुवै सरकारको ध्यानाकर्षण गर्न जरुरी रहेको छ । नेपालको व्यापारको सबै भन्दा ठूलो हिस्सा भारतको रहेको र ठूलो राष्ट्र भएकोले भारतीय पक्षले यस तर्फ बढी लचिलो हुनुपर्नेमा उनको जोड थियो ।
सो छलफलका क्रममा पिएचडि चेम्बरका अध्यक्ष अनिल खेतान (Anil Khaitan) ले नेपालका लगानीका सम्भावना रहेका प्रमुख क्षेत्रको पहिचान गरी त्यसमा विस्तृत अध्ययन हुनुपर्नेमा जोड दिदै यसमा पिएचडि चेम्बर तथा India-Nepal Center ले पहल गर्न सक्ने बताए । यसका अतिरिक्त नेपालको औद्योगिक क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति व्यवस्थापनमा समेत पिएचडि चेम्बरले आफ्नो अनुभवको आधारमा परिसंघसँग सहकार्य गर्न सक्ने विचार व्यक्त गरेका थिए ।
पिएचडि चेम्बरले नेपालका लागि भारतीय पूर्व राजदूत के भि राजन लगायतको सहकार्यमा India-Nepal Center को स्थापनाको पहल गरिरहेको छ । यसले नेपालमा भारतीय लगानीको अवसर श्रृजना गर्न सक्ने प्रसस्त सम्भावनाहरु रहेका छन् ।
छलफलमा पिएचडि चेम्बरका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो भने परिसंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, गभर्निङ काउन्सिलका सदस्य तथा राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।
 
alt