नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा

alt
नेपाल उद्योग परिसंघले आज एक पत्रकार सम्मेलन गरी यही फागुन २ गते आयोजना हुने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । सम्मेलनको उद्देश्य तथा हालसम्मको कार्य प्रगतीको जानकारी गराउने उद्देश्यले सो पत्रकार सम्मेलन गरिएको थियो ।
सम्मेलनमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले स्थानीय स्तरमा उद्यमशीलताको विकासको सोच नआएसम्म यस क्षेत्रमा युवाहरुको आकर्षण बढ्न नसक्ने यथार्थता औल्याउदै उद्यमशीलता सम्मेलनले यही अवधारणाको विकासमा जोड दिने धारणा व्यक्त गरेका थिए ।
मुलुकको आर्थिक समृद्धिमा विशेषतः उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र श्रृजनशीलताको प्रमुख भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गर्दै नेपाल उद्योग परिसंघ, नेपाल सरकार अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले संयुक्त रुपमा यही २०७५ साल फाल्गुण २ गते (तदनुसार 14th February, 2019) काठमाण्डौमा “नेपाल उद्यमशीलता सम्मेलन (Nepal Entrepreneurship Summit-2019) को आयोजना गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी उक्त पत्रकार सम्मेलनमा गराईएको थियो । 
सम्माननीय राष्ट्रपतिज्यूबाट समुद्घाटन सम्पन्न हुन "Federal Nepal: Opportunities for Investment and Growth" theme राखिएको यस सम्मेलनले उद्यमशीलतालाई आर्थिक सम्बाहकको रुपमा पहिचान गर्दै, साना, मझौला तथा ठूला उद्योग–व्यवसाय एवं देश भरिका नयाँ युवा उद्यमी बीचको सम्बन्ध विस्तार गर्ने, नयाँ प्रतिभा, प्रविधि, श्रृजनशीलताका साथै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र विदेशमा रहेका युवाहरुलाई स्वदेशमै उद्यम तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान गर्ने उद्देश्य सहित यो सम्मेलन गर्न लागिएको सबैमा जानकारी गराउन चाहन्छौं । यस सम्मेलनबाट नेपालमा उद्यमशीलता विकासमा ठोस टेवा पुग्ने आशा एवम् अपेक्षा आयोजकले गरेको वताईएको छ ।
यस सम्मेलनलाई प्रधानमन्त्रीबाट विशेष सम्बोधन हुने छ । सम्मेलनमा संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा संघीय अर्थमन्त्रीका समेत नेपालमा औद्योगिक विकास तथा उद्यमशीलता प्रवद्र्धनका विषयमा आफ्ना विचारहरु प्रस्तुत हुने छ । यस्तै यस सम्मेलनमा नेपालका ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीहरु मार्फत सम्बन्धित प्रदेशका औद्योगिक सम्भाव्यता तथा उद्ययमशीलता प्रवद्र्धनका कार्यक्रमहरुको जानकारी समेत गराईने कार्यक्रम रहेको छ ।
यस सम्मेलनमा उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा कार्यरत विभिन्न १५ जना अतिथि वक्ताहरुले व्यग्लै दुई वटा सत्रहरुमा उद्यमशीलता विकास–चक्र, नवीन सोच, नव–प्रवर्तन र त्यसका लागि आवस्यक वित्तिय व्यवस्थापनका विषयमा व्यापक छलफल गरि निकर्षमा पुग्ने बाटो पहिचान गर्ने प्रयास हुने छ भने नेपालमा उद्यम गरी सम्मानीत स्थानमा पुग्न सफल ६ जना उद्यमीहरुबाट आफ्ना अनुभव तथा सफलता हासील गर्ने उपायहरुका विषयमा समेत चर्चा हुने छ । 
सम्मेलनको समापन सत्रलाई पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष श्री पुष्प कमल दाहाल “प्रचण्ड”ले विशेष सम्बोधन गर्ने भएका छन् । सो सम्मेलनमा नेपाल सरकारका सम्बन्धित क्षेत्रका पदाधिकारीहरु, साना, मझौला तथा ठूला उद्योगहरुमा संलग्न वा संलग्न हुन चाहने उद्यमी/व्यवसायी, स्वदेशी एवम् विदेशी उद्यमीहरु, नव–प्रवर्तन, नयाँ प्रविधी र उद्यमशीलताको प्रवद्र्धनमा संलग्न महिला तथा युवा उद्यमीहरु तथा नेपालका ७ वटै प्रदेशका उद्यमीहरु गरि करिव ४०० जना यस सम्मेलन उपस्थित हुने निश्चित भईसकेको जनाईएको छ ।
उक्त सम्मेलनको मुख्य प्रायोजन नविल बैंक लिमिटेडले गरेको र अन्य सहयोग गर्ने संस्थाहरुमा देउराली जनता फर्मासीटिकल्स प्रा.लि., होंशि–शिभम सिमेन्ट प्रा.लि., शिखर ईन्सुरेन्स लिमिटेड, डिस होम मिडिया नेटवर्क, चन्द्रागिरी हिल्स, शंकर ग्रुप तथा हिलटेक इन्डष्ट्रिज प्रा.लि. रहेका छन् ।