एओटिएस जापान तथा परिसंघ बीच छलफल

एओटिएस जापान (The Association for Overseas Technical Cooperation and Sustainable Partnerships [AOTS]) का अध्यक्ष सिन्ह्या कुवायमा (Mr. Shinya Kuwayama) को नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले आज नेपाल उद्योग परिसंघका पदाधिकारीसँग द्विपक्षीय प्राविधिक सहयोग सम्बन्धमा विस्तृत छलफल गर्‍यो । 
सो छलफलमा एओटिएस जापानका अध्यक्ष सिन्ह्या कुवायमाले नेपाल आर्थिक प्रगतिको पथमा तीव्र गतिले अगाडी बढी रहेको सन्दर्भमा विगतमा जस्तै आउँदा दिनहरुमा पनि जापान तथा नेपालमा समेत मानव संशाधनको विकासका क्षेत्रमा तालिमको माध्यमबाट सहयोग वृद्धि गर्ने संकेत गरे । त्यसको लागि निजी क्षेत्र बढी क्रियाशील भई कुन क्षेत्रमा कस्तो सहयोग, तालिम वा गोष्ठी गर्दा नेपाल र नेपालीको हीतमा हुन्छ सो प्रष्ट हुनु पर्ने बताए । आफ्नो संस्थाले यसका लागि जेट्रो (JETRO) सँग सहकार्य गर्दै सहयोगी भूमिका खेल्ने उल्लेख गरे ।
सो अवसरमा प्रतिनिधि मण्डलको स्वागत गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले मुलुक आर्थिक समृद्धि तर्फ अग्रसर भएको साथै सुखी नेपाली समृद्ध नेपालको नारा सहित समग्र मुलुक त्यसतर्फ लागी रहेको प्रसंग उल्लेख गर्दै हालै सम्पन्न नेपाल उद्यमशीलता सम्मेलनबाट नयाँ शीप, ज्ञान र नवीनतम सोचको टड्कारो आवश्यकता महशुस भएको उल्लेख गरे । आर्थिक विकास र संघीय संरचनामा यसको अझबढी आवश्यकता रहेको बताउँदै सो सम्मेलनमा प्राप्त भएका सुझाव विगत २०१४ र २०१७ मा भएका नेपाल पूर्वाधार सम्मेलन लगायत उद्यमी व्यवसायीको औद्योगिक विकासको लागि आवश्यक पर्ने शीप, दक्षता, प्राविधिक तालिम गोष्ठीको लागि एओटिएसको सहयोग, सद्भाव  र सहायता आगामी दिनहरुमा अझ बढी आवश्यक रहने र निजी क्षेत्रको अपेक्षा समेत सम्बोधन हुनेमा परिसंघ विश्वस्त रहेको बताएका थिए ।
प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा एओटिएस दिल्ली कार्यालयका महाप्रवन्धक हिसासी काण्ड (Hishashi Kanda मासोनारी कासाई (Masanori Kasai) एओटिएस नेपालका द्वितीय उपाध्यक्ष अशोक कुमार अर्याल र नेपाल एओटिएसका सल्लाहकार अमित दलीको उपस्थिती रहेको थियो । परिसंघको तर्फबाट परिसंघका पदाधिकारी, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा राष्ट्रिय परिषदका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।
alt
 
alt
 
प्रे.वि.नं. ०३०/०७५