ताप्लेजुङ दुर्घटना प्रति परिसंघको समवेदना

बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उद्यमी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयकका उपसचिव युवराज दाहाल, प्राधिकरणकै इन्जिनियर ध्रुवदाश भोछिभोय, मन्त्री अधिकारीका अंगरक्षक जमदार अर्जुन घिकिरे तथा हलिकोप्टर चालक प्रभाकर केसीको निधन भएकोमा नेपाल उद्योग परिसंघ गहिरो दुःख प्रकट गर्दछ । 
अकल्पनीय र अप्रत्याशित दुर्घटनाले देशले अपुरणीय क्षति व्यहोनु परेको छ । नेपालले एक उदीयमान मुलुक र जनताका लागि सदैव समर्पित, विकास प्रेमी युवा राजनितिज्ञ, नेपालको पर्यटन एवं उड्डयन क्षेत्रको विकासमा समर्पित एक सफल उद्यमी तथा कर्तव्यनिष्ठ राष्ट्र शेवकहरु गुमाएको छ ।
देशनै शोकाकुल भएको यस दुःखद घडिमा नेपाल उद्योग परिसंघ निधनहुनुभएका सम्पूर्णमा भावपूर्ण श्रद्धान्जली एवं शोक प्रकट गर्दछ । उहाँहरुको आत्माको चीरशान्तीको कामना सहित सम्पूर्ण शोकसंतप्त परिवारहरु प्रति गहिरो समवेदना प्रकट गर्दछ ।
 
 
प्रे.वि.नं. ०३१/०७५